जगदुल्लामा १५५ जना र जिल्लाभर २०० जना भन्दा धेरैको स्वाब स‌कलन

जैतुन अनलाइन | 2020-06-08

दुनै : डोल्पामा एकै दिन दुईसय भन्दा धेरैको स्वाब संकलन गरिएको छ । जिल्लाको जगदुल्ला गाँउपालिकामा पहिलो पटक मृतकमा कोरोना पोजेटिभ देखिएपछि ठुलो परिमाणमा पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएको हो ।
सोमबार जगदुल्ला गाँउपालिकामा २ सय ३० भन्दा धेरैको संकलन गरिने भएको छ । जगदुल्ला गाँउपालिकाको वडा नम्बर ३ मा सबै भन्दा धेरै ६० जनाको स्वाब संकलन गरिएको जगदुल्ला गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशबराज जैशिले जानकारी दिए । मृतका पूरुषको गाँउ भएको कारण धेरैको परिक्षण गरिने भएको हो ।
पहिलो दिन कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाको टोलीले गाँउपालिकाको वडा नम्बर १,२,३,५ र ६ मा १५५ जनाको स्वाब स‌कलन गरेको छ भने बाँकीको भोली स‌कलन गरिने जैशिले जानकारी दिए । उनले भने वडा नम्बर ४ र क्वारेन्टनमा बसेकाहरुको भने मंगलबार गरि सबै स्वाब जुम्ला लगिने तयारी भएको बताए ।

जेष्ठ २० गते मृत्यू भएका ५८ बर्षका एकजना पूरुषमा कोरोना पोजेटिभ देखिएपछि जगदुल्ला गाँउपालिकाको सबै क्षेत्र शिल गरिएको गाँउपालिका अध्यक्ष नारासिँह रोकायाले जानकारी दिए । उनले भने मृतकको परिवारसंग सम्पर्कमा रहेका सबैको पिसिआरको लागि स्वाब संकलन गरिएको छ थप निगारानीमा राखेका छौ ।
जगदुल्ला गाँउपालिकामा डोल्पामा नै पहिलो पटक कोरोना पोजेटिभ भएपछि जिल्लामा पनि शर्तकता अपनाइएको र जगदुल्लामा जिल्लाबाट डाक्टरको टिम ५० थान भिटिएन र अन्य औषधि लगेर गएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए । प्रजिअ सुनारले भने जिल्लाको त्रिपूरा सुन्दरी नगरपालिका,ठुलीभेरी नगरपालिकामा पिसिआरको लागि स्वाब संकलन गरि सोमबार नै सुर्खेत पठाउन लागेको बताए ।

जगदुल्ला बाहेक ठुलीभेरी नगरपालिकाको दुनै,जुफाल र जिल्ला अस्पतालमा गरि कर्मचारी अन्य नागरिक गरि ४१ जना,त्रिपूरा सुन्दरी नगरपालिकाको त्रिपूरोकाट र खदाङमा गरि २१ जनागरि ६२ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए ।
रावलका अनुसार स्थानीय सरकार र जिल्ला प्रशासनले तयार गरेको बिवरणका आधारमा पिसिआर परिक्षणको लागि स्वाब संकलन गरिएको र जिल्लामा किड अभाब भएकोले तत्तकाल माग गरेको बताए ।
जगदुल्ला गाँउपालिका र जिल्लाका अन्य क्षेत्रमा संकलन गरिएका स्वाबको रिपोट नआए सम्म जिल्लाका नागरिकहरु भने शानतीको सास फेर्न पाउने अबस्था छैन । कोरोनाबाट मृत्यु भएपछि जिल्लाको सुरक्षामा भने कडाइ गरिएको छ ।
हाल सम्म डोल्पामा १४३५ जना आएका छन भने २८१ जनाको मात्रै पिसिआर परिक्षण गरिएको छ । अन्य सबैको आरडिटी परिक्षण गरेरै घर पठाइएको छ ।

पिसिआर परिक्षणको लागि स्वाब स‌कलन गर्दै स्वास्थ्यकर्मि