दुनै : डोल्पामा यार्सागुम्बा चोरी गर्ने १२ जना पक्राउ परेका छन ।शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको यार्सा पाटनमा चोरी गर्न गएका १२ जना पक्राउ परेका हुन ।
बिहिबार जगदुल्ला गाँउपालिका १ अन्तरगत पर्ने टाङटुङे लेखमा यार्सागुम्बा चोरी गर्न गएका मुड्केचुला गाँउपालिकाका दशजना पूरुष र दुईजना महिला गरि १२ जना निकुञ्जले पक्राउ गरि अनुसन्धान गरि रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए ।
निकुञ्जको तोईजम पोष्टबाट गस्तिमा गएको टोलीले उनिहरुलाइ पक्राउ गरेको पौडलले बताए । उनले भने यार्सागुम्बा चोरीमा गएकाहरुको साथबाट ७७ वटा यार्सागुम्बा,पाच थान मोबाईल,७ थान कुटो,लत्ताकपडा बन्दोबस्तिका सामान,रासन सहित बरामत गरिएको छ ।
कोरोना भाईरसको कारण यार्सागुम्बा संकलनमा रोक लगाएको बोलामा लुकीछिपी स्थानीयहरु यार्सागुम्बा संकलन गर्न गएका मानिसहरु पक्राउ परेपछि निकुञ्जको कार्यालयले अनुसन्धान गरि रहेको प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए ।
यार्सागुम्बा पाउने क्षेत्र करिब ७० प्रतिशत भुभाग निकुञ्ज क्षेत्रमा पर्ने र चोरीको खतरा पनि निकुञ्ज क्षेत्रमा भएकोले स्थानीय यूवा,मध्यवर्ति क्षेत्र,संरक्षण सम्बन्धी काम गर्ने बिभिन्न निकायहरु र निकुञ्जले भरमग्दुर सुरक्षा गरि रहेको निकुञ्जको दावि रहेको छ ।
पाच दिन पहिला जगदुल्लामा एक जनाको बाटैमा ज्यान गएको थियो । मुड्केचुलाका नागरिक रहेको र उनि यार्सा टिप्न गइ लडेर घाइते भएको हुन सक्ने स्थानीयको ठम्याई छ । उनि घाइते रहेको उपचारको आग्रह गर्दागर्दै मृत्यू भएको थियो । मृत्यू पश्चात आफन्तले शब लगेर दाह्यसस्कार गरि सकेका छन ।
सबै निकायले यार्सागुम्बा पाउने पाटनहरु सुरक्षा दिएको भएपनि अधिकाँश पाटनहरुमा लुकीछिपि चोरीगर्नेहरु गई रहेको स्थानीयहरु बताउछन । तर यार्सागुम्बा हुने पाटन क्षेत्रका स्थानीयहरु भने एकले अर्कोैलाए निगारानी गरीरहेकोले पाटनमा नगएको स्थानीय चन्द्रबहादुर थापाले बताए ।यस भन्दा पहिला ठाँगे पाटनबाट दुईजना रुकुमका मान्छे पक्राउ गरि प्रहरीले अनुसन्धान गरि रहेको छ ।