डोल्पाको भेरीनदिमा बगेर ३ बालिकाको मृत्यू

जैतुन अनलाइन | 2020-06-02

दुनै : डोल्पाको भेरीनदिमा बगेर तिन वालिकाको ज्यान गएको छ । दिउसो सभा तिन बजेतिर ठुलीभेरी नगरपालिका ९ मोतिपूरका एकै गाँउका तिन वालिकाको भेरीमा बगेर मृत्यू भएको हो ।
गाई चराउन गएका ठूलीभेरी नगरपालिका ९ मोतिपूरका १२ बर्षकी यशोधा भण्डारी,बर्ष ११ की गंगा कठायत र बर्ष १० की बिजया कठायतको भेरीमा बगेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नाउव उपरिक्षक नारायण रञ्जितकारले जानकारी दिए ।
डिएसपी रञ्जितकारका अनुसार उनिहरु तिनै जना गाइ चराउन गएको र भेरीमा पानि पिउन गएका गाँई फर्काउने क्रममा तिनै जना बगेको र उद्धार क्रममा भेरीमा खोजि गर्दागर्दै ज्यान गएको बताए ।
प्रहरी निरिक्षक हस्तबहादुर सुनारको नेतृत्वमा गएको टोली,त्रिपूराकोट प्रहरी चौकिको टोली र कलागौडा प्रहरी चौकीको टोलीले यशोधा भण्डारी र बिजया कठायतलाइ २ किलोमिटर तल भेरीमा बगाउदै गरेको बेलामा उद्धार गरि जिल्ला अस्पताल ल्याएर ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
त्यसै गरि गंगा कठायतलाइ भने ५ किलोमिटर तल त्रिपूरा सुन्दरी नगरपालिका १ भेरी नगदिबाट मृत अबस्थामा उद्धार गरेर ल्याएको थियो । भेरीमा बगेका तिनै जना वालिकाको मृत्यू भै सकेको प्रहरी नायव उपरिक्षक नारायण रञ्जितकारले जानकारी दिए ।
घटना घटेको खबर पाउने बित्तिकै प्रहरी घटना स्थल तर्फ पुगेपनि उद्धारका क्रममा बचाउन नसकिएको र दुखद घटना घटेको डिएसपी रञ्जितकारले बताए ।
तिनै जना जिल्ला अस्पताल ल्याउदा मृत्यू भैसेको र भोली मात्रै पोष्टमार्टम गरीने स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए । उनले भने पानि धेरै खाएर र्मत्यू भएको हुन सक्ने तर पोष्टमार्टम पछि मात्रै भन्न सकिने बताए ।