( कर्णाली प्रदेश सरकारलाइ डोल्पाका एक युवाको खुल्ला पत्र) सरकार ग्रिन जोन लाई खोल्न को हतार किन ? कि रेड जोन नै मन छ ?

जैतुन अनलाइन | 2020-06-02

 

जेष्ठ १८ गते कर्णालि प्रदेशको PCMC द्दारा गरेका केहि कुरा हरु चित्त बुझदो लागेन । उक्त निर्णयको ६ र ७ नम्बरको विषयमा, Pool Testing बाट हुम्ला । मुगु, जुम्ला र डोल्पामा COVID 19 को सँक्रमण नदेखिएको हुदाँ भारतबाट आउने व्यक्तिहरुलाई प्रवेश नदिने गरी यार्सागुम्बा सँकलन कार्य जेठ २५ देखि खुला गर्ने निर्णय हुन नेपाल सरकार समक्ष लेखि पठाउने भनेको रहेछ । मन्त्रि ज्यु एक पटक सोच्नुहोस त अहिले आजका दिन सम्म जुम्ला मा मात्र १९ जना. संक्रमित देखिएका छन्, कालिकोटमा १८ जना संक्रमित आजसम्म देखिएका छन् । यो सँख्या भारतबाट आउने जनता बढेसँगै टेष्ट बढाएमा बढ्ने पक्का छ । अनि आजसम्म सक्रमण नदेखिएको प्रदेश कर्णाली मा अहिले आएर भर्खर देखिन सुरु भएको छ, अझ भन्नुपर्दा कर्णाली अब कोरोनाको अर्को हटस्पट नबन्ला भन्न सकिन्न, अझै पनि भारत बाट आउने जनता हरु थुप्रै छन् । यस्तो अवश्थामा यार्चा सँकलन र विधालय सँचालन गर्ने निर्णय गर्नु कतिको बुद्धिमतता हुन्छ एक पटक सोच्नुहोला ।

जिऊ रहे जुग खाउँला भन्छन् हाम्रा गाँउघर तिर, आज सम्म कुनै पनि सँक्रमित नदेखिएका ठाउँ मा यसरि विधालय खोल्न र यार्चा सँकलन का लागि खुला गर्न हतार गर्दा भोलि केहि गरि सँक्रमण फैलिए त्यस्को व्यवस्थापन मा कति गा¥हो हुन्छ त्यो त हजुरहरु लाई नै थाहा छ । अनि यार्चा टिप्न को लागि खुला गर्ने हो भने छिमेकि जिल्ला बाट हजारौँ मान्छे हरु जिल्ला मा प्रवेश गर्नेछन्, र त्यतिबेला त्यसरि आउने लाई रोक्न स्थानिय सरकार न त प्रदेश सरकारले नै सक्ने छ, अनि कि केहि ग्यारेन्टी छ हजुर हरु सँग , अन्य छिमेकि जिल्ला जहाँ सँक्रमण देखिएको छ त्यहाँ बाट मान्छे आउने छैन्न् भनेर ? अनि कि केहि सँयन्त्र को तयारिमा प्रदेश सरकार छ, जहाँ भोलि कोहि एउटा सँक्रमित देखिदाँ बित्तिकै उस्को व्यवस्थापन अनि अन्य को जाँचका लागि ? आज सम्म सुरक्षित रहेका जिल्ला मा भोलि रातारात आउने मान्छे हरुबाट सँक्रमण फैलिए त्यस्को व्यवस्थापनको लागि जिल्लामा तयारि के छ ? अनि यहाँ एयय ित्भकतष्लन बाट संक्रमण नदेखिएको भनिएको छ, जहाँ सम्म मलाई थाहा छ, माथिल्लो डोल्पामा अहिले सम्म पिसिआर जाँच भएको छैन, अनि तल्लो डोल्पाका केहि गाँउमा पिसिआर जाँच अनि दुनै बाट पत्रकार, सुरक्षाकर्मि र केहि स्वास्थ्यकर्मिको बाहेक अरुको पिसिआर जाँच नभएको अवश्थामा सरकार कसरि अहिले नै यार्चा र विधालय खुलाउन तयार भएको हो ?

मन्त्रि ज्यु एक पटक सोच्नुहोस त ?

यार्चा पाटनमा सामाजिकदुरि कसरि कायम गर्न सकिन्छ ?

ग्रिन जोन लाई खोल्नको हतार किन ?

कि सरकारले ग्रिन जोन लाई पनि रेड जोन तिर धकेल्न खोजेको हो ?

अझ विज्ञको कुरा सुन्दन १ संक्रमितले ३ जना सम्मलाई सार्न सक्दछ भनेर भनेको पढ्न पाईन्छ अनि अगि भनेजस्तै डोल्पाका छिमेकि जिल्ला प्रायमा संक्रमित देखिएका छन्, अनि यो संक्रमण बाट बच्ने एक मात्र उपाय भनेकै सामाजिक दुरि भनिएको छ अब आफै भन्नुहोस यार्चा सँकलन खोल्दा बित्तिकै आउने हजारौँ मान्छेको भिडमा यार्चा पाटनमा सामाजिकदुरि कसरि कायम गर्न सकिन्छ ? हो सधैभरि कोरोना सँग डराएर बस्न अबका दिनमा उपयुक्त हुदैन तर कोरोना सँगै जिवन जिउनु सामाजिकदुरि अनि सरसफाई मा ध्यान दिने भनेको अवश्थामा यति हतार गरि सामाजिकदुरि कायम गर्न नसकिने क्षेत्र खुल्ला गर्नु भोलिका दिनमा खराब दिनलाई निम्ताउनु होइन र ?
अनि आज सम्म यार्चा सँकलनका समय मा सम्पुर्ण विधालय हरु बन्द हुन्छन् कर्णालीका, अन्य जिल्ला का कति हुन्छन् थाहा छैन तर डोल्पाका सम्पुर्ण विधालय बन्द हुन्छन् अनि कसरि विधालय सँचालन हुन्छ यार्चाको सँकलन खोल्दा ? यसो विचार गर्दा हजुरहरुले यो निर्णय गर्दा कतै कसैको दवाव मा त पर्नु भएन भनेर शंका गर्न सजिलै सकिन्छ । अनि तपई हामिलाई थाहा छ, बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ भनेर, विश्वका थुप्रै राष्ट्रअनि नेपालकै पनि अन्य ठाँउका विधालय बन्द हुदाँ हामिलाई खोल्न को हतार किन ? भोलि बालकालिका मा सँक्रमण फैलिए कस्ले जिम्मा लाने ?

कसरि विधालय सँचालन हुन्छ यार्चाको सँकलन खोल्दा ?

भोलि बालकालिका मा सँक्रमण फैलिए कस्ले जिम्मा लाने ?

हिमाली जिल्लामा जान दिन्नौ त्यसैले यार्चा सँकलन खोलौँ भन्दा हामिले सहर्स किन स्विकार्नुपर्ने ?

अनि पछिल्लो डाटा अनुसार बुधबारसम्म १५ हजार ४० जना व्यक्ति प्रवेश गरेका छन्, र प्रदेश सरकारले २५ हजार कर्णालीबासी फर्किने अनुमान गरेको छ । अझहामि सँग त प्रयाप्तमात्रामा क्वारेन्टिन पनि छैन, आईसोलेसन र उपचार को व्यवस्था त परको कुरा, धन्न आशाको केन्द« कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पताल छ । क्वारेन्टिनको मा न त खाना, पानि, बिजुलि, अनि सुत्न राम्रो छ यस्तो तयारिमा अहिले सम्मको ग्रिन जोन लाई खोल्न को हतार किन ? बरु खोल्ने नै भए कृषि कार्य, सरकारि कार्यालय खोलौँ जहाँ सामाजिकदुरि कायम गर्दै काम गर्न सकिन्छ तर यार्चा सँकलन जहाँ हजारौँ को उपस्थित हुन्छ अनि अहिलेकै भौतिक सुविधामा विधालय जहाँ सामाजिक दुरि कायम गर्न गा¥हो छ , दुवै यस्ता क्षेत्र जहाँ सामाजिकदुरि कायम गर्न सोचेभन्दा गा¥हो छ र किन सरकार यहि क्षेत्र खोल्न हतारिएको छ ? तयारि को कुरा गर्दा प्रवेश नाकामा उचित परिक्षण को व्यवस्था गर्न प्रदेशसरकार चुक्दा संक्रमण गाँउ गाँउ गएको अनुमान गर्न सकिन्छ र अझ दैलेख कालिकोट र जुम्लामा देखिएको संक्रमितको सँख्या त्यस्कै उपज हो र यो सँख्या अझै बढदै जाने पक्का छ । यस्तो अवश्थामा अब आउने लाई नाका अथवा सुर्खेतमा रोक्छौँ र यार्चा सँकलन खोलौ भन्दा हामिले कसरि विश्वास गर्ने प्रदेश सरकार लाई ? पछिल्लो पटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ले आफ्नो भुमिका जति तदारुकुताका साथ निभाउदै आएको छ त्यो प्रशँसा योग्य छ तर अझै पनि पिसिआरको पर्खाईमा हजारौँ व्यक्तिहरु छन्, र साथै जोखिम युक्त देश भारत बाट आउने क्रम जारि भईरहदाँ परिक्षणको दायरा बढाउदै जान सकिरहेको पक्कै देखिदैन । अनि यस्तो अवश्थामा हामि कर्णालीका यि हिमाली जिल्लामा जान दिन्नौ त्यसैले यार्चा सँकलन खोलौँ भन्दा हामिले सहर्स किन स्विकार्नुपर्ने ? कि सरकारले ग्रिन जोन लाई पनि रेड जोन तिर धकेल्न खोजेको हो ?

अन्तयमा, यस एक वर्ष यार्चा नटिप्दा यस्ले जीवनयापनमा केहि असर गर्ला तर भोकै कोहि मर्नेछैन्न् । बरु यो वर्ष यार्चा सँकलन नगर्ने हो भने, वर्षौ पछि उच्च हिमाली भेगको प्रकृतिले राहात पाउने छ । त्यहाँका वन्यजन्तुले निर्वाद घुम्नपाउने छन् । बरु यो वर्ष स्थानिय उत्पादन लाई बढाउनका लागि उचित बिऊ बिजन अनि मल उपलब्ध गराऊ, खाधान्नको अभाव देखिएमा प्रदेश सरकार र केन्द« सरकारले खाधान्न उपलब्ध गराईदिनु पर्छ ।

अखण्ड उपाध्याय
ठुलिभेरि ३ डोल्पा