सुत्केरीलाइ दिए डिएसपीको रगत सफल सल्यक्रिया पछि जन्मीए जुम्ल्याहा छाेरा

जैतुन अनलाइन | 2020-05-31

लेख बुढा :  जिल्ला अस्पताल डाेल्पामा आईतबार भएकाे एक गर्भवती महिलाकाे सल्यक्रिया सफल भएकाे छ । मुड्केचुला गाउपालिका वडा नं ६ नर्कु कि २० बिर्षया अनिता बाेहाेरा (शाही) काे आईतबार जिल्ला अस्पताल डाेल्पामा सल्यक्रिया पछि दुई वटा जुम्ल्याहा छाेरा जन्मीएका छन । जिल्ला अस्पताल डाेल्पामा कार्यरत स्त्री राेग बिशेषज्ञ डाक्टर शंकर प्रसाद रावत काे नेतृत्वमा अन्य स्वास्थ कर्मीकाे टाेलीले गरेकाे सल्यक्रिया सफल भएकाे जिल्ला अस्पताल डाेल्पाका प्रमुख डाक्टर सिजन रावल ले बताए ।

डाेल्पा दुर्गम भएता पनि स्वास्थ कर्मिहरुले स्राेतसाधनले साथ दिए सम्म काम गरिरहेकाे डाक्टर रावलकाे भनाई रहेकाे छ । आईतबार विहाना जिल्ला प्रहरी कार्यलय डाेल्पाका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी ) नारायण रन्जितकारले रक्त दान गरे पछि उक्त सुत्केरी महिलाकाे सल्यक्रियामा चाहिने रगत पुगेपछि उनकाे सफल शल्यक्रिया  भएकाे थियाे । डिएसपी रन्जितकारले भने” डाेल्पा जिल्लामा आए देखि दुई जना सुत्केरी महिलालाई रगत दान गरेकाे छु यदि कसैलाइ समस्या परे जहिले पनि तयार छु । नागरीकाे रक्षाकाे लागि सधै आफु र आफना जवानहरु तयार रहेकाे पछि डिएसपी रन्जितकारले बताए ।

सल्यक्रिया हुनु भन्दा पहिले चाहिने रगत डिएसपी नारायण रन्जितकारले दिइसकेकाेले सल्यक्रिया सफल भइसकेकाे अब आबश्यक परेमा आफै दिने तयारीमा रहेकाे ल्याव टेक्निसीयन प्रमुख प्रेमप्रकाश बुढाले बताए । डाेल्पामा ब्लड बैकं नभएकाे कारण तत्काल ब्लड गुरुव मिल्ने ब्यक्तिहरु पाउन समस्या हुने गरेकाे छ । विश्वमा काेराेनाकाे महामारी फैलिएकाे समयमा डाेल्पामै सल्यक्रिया सफल भएकाे भन्दै अनिताका श्रीमान निरज शाही खुसि व्यक्त गरे । निरज शाहीले याे आपतकाे घडिमा रगत दान गर्ने डिएसपी र स्वास्थ कर्मिहरुलाई धन्यावाद दिएका छन । जिल्ला अस्पताल डाेल्पामा केही समय पहिला देखि सुत्केरी महिलाहरुकाे सल्यक्रिया हुदै आइ रहेकाे छ। अहिले सम्म विभिन्न १५ जना सुत्केरी महिलाकाे सफल सल्यक्रिया भएकाे जिल्ला अस्पताल डाेल्पाले जनाएकाे छ ।