दुनै : डोल्पामा कोरोनाको पिसिआर परिक्षण गरेका १५० जनाको रिपोट नेगेटिभ आएको छ । जिल्लाको जगदुल्ला गाँउपालिका र मुड्केचुला गाँउपालिकामा परिक्षण गरिएका १५० जनाकै रिपोट नेगेटिभ आएको हो ।
जगदुल्ला गाँउपालिकाका एकसय जना र मुड्के्चुला गाँउपालिकाका पचास जनाको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाले पिसिआर परिक्षणका लागि स्वाव सँकलन गरेको थियो । प्रतिष्ठानले संकलन गरि जुम्ला लगेको सबैको रिपोटन नेगेटिभ आएको जगदुल्ला गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशबराज जैशिले जानकारी दिए ।
जगदुल्ला र मुड्केचुला गाँउपालिकामा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जिम्मा पाएको थियो भने अन्य ६ स्थानीयतहमा कर्णाली प्रदेश सुर्खेतमा परिक्षण गरिएको थियो ।
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जगदुल्ला र मुड्केचुला गाँउपालिकाका बिदेश तथा स्वदेशका बिभिन्न जिल्लाबाट स्थानीयतहमा आएर क्वारेन्टिमा बसेका,जनप्रतिनिधि,स्वास्थ्यकर्मि,सुरक्षाकर्मिहरु र सञ्चारकर्मिहरुको कोरोनाको पिसिआर परिक्षण गरेको प्रतिष्ठानले जानकारी दिएको छ ।
हाल सम्म जिल्लामा ५ सय भन्दा धेरेको पिसिआर परिक्षण गरिएको र ति सबैको रिपोट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।