जगदुल्लामा करेन्ट लागेर एकजनाको ज्यान गयो

जैतुन अनलाइन | 2020-05-26

दुनै : डोल्पामा एकजनाको करेन्ट लागेर ज्यान गएको छ । जगदुल्ला टगाँउपालिका ५ का ३१ बर्षका केशबहादुर शाहीको करेन्ट लागेर ज्यान गएको हो ।
गएराती कुच्चेखोलामा रहेको बिद्युत गृहमा बिद्युत सञ्चालन गर्ने क्रममा बिद्युतको ट्रान्सर्फमरमा करेन्ट लागेर उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायव उपरिक्षक नारायण रञ्जितकारले जानकारी दिए ।
यहि चेत्र २ गतेबाट सञ्चालनमा आएको कुच्चेखोला लघु जलबिद्युत आयोजनाको अप्रटेरमा काम गर्दै आएका शाहीको करेन्ट लागेर ज्यान गएको जगदुल्ला गाँउपालिका अध्यक्ष नारासिँह रोकायाले जानकारी दिए ।
रोकायाले भने निकै जनताले रुचाउने प्राबिधिक थिए उनि घर नआएपछि परिवार स्थानीयले खोजी गर्दा मृत भेटिए । गाँउपालिकाको सरदर एक करोड ग्रिड नेपालको बाँकी लगानिबाट निर्माण गरेको ५२ किलोवाट क्षमताको बिद्युत सञ्चलनमा आएको दुई हप्ता पनि पुगेको छैन ।
दुईजना अपरेटर मध्य एक जनाको करेन्ट लागेर ज्यान गएको छ । करेन्ट लागेर ज्यान गुमाएकाको परिवारले शब बुझेर दाहसँस्कार गरेको प्रहरीले जानकारी दिएको छ । बिद्युत खोल्न गएका शाही घर नर्फकिएपछि परिवारले खोजी गर्दा ट्रान्सर्फमर मुनि मृत भेटिएको परिवारले जनाए ।

२०७७ साल सूरु भएदेखी जगदुल्लामा जनधनको ठुलो क्षेतिहुने घटनारु भएका छन । ग्यास लिक भएर घरमा आगलागि ट्याक्टर दुर्घटना र करेन्ट लागेर ज्यान गुमाउने जस्ता ठुला घटना भएका छन ।