बिषखादा एक जनाको मृत्यू दुईजनालाइ निशुल्क हेलीकप्टरबाट सुर्खेत लगियो

जैतुन अनलाइन | ३ जेष्ठ २०७७, शनिबार

दुनै : बिष खादा डोल्पामा एकजनाको मृत्यू भएको छ भने दुईजनाको हेलिकप्टरबाट सुर्खेत लगिएको छ । त्रिपूरा सुन्दरी नगरपालिका १ बर्ष ३५ का शुकलाल कुलालको शँकास्पद बिष खादा शुक्रबार राति अस्पातालमा मृत्यू भएको छ भने उनकि दुई श्रीमती अर्धचेत अबस्थामा रहेकी छन ।
मृतक शुकलाल कुलालकी बर्ष ३५ की रुप्सी कुलाल र बर्ष २८ की बिन्दू कुलालको शँकास्पद बिष खाएर हाल सम्मपनि अर्धचेत अबस्थामा रहेको स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए ।
खानाखाने क्रममा बिष खाएर अचेत भएपछि आफन्तले जिल्ला अस्पताल ल्याउदा पनि श्रीमान बचाउन नसकेको र उनका दुबै श्रीमती अर्धचेत अबस्थामा रहेकोले सुर्खेत पठाएको डाक्टर रावलले बताए । उनले भने यहि बिष हो भन्ने यकिन छैन तर श्रीमती भन्दा श्रीमानले धेरै खाएकोले उनको मृत्यू भएको हो ।
काईके गाँउपालिकाका फुर्वा लामाले निजि चार्टर गरेर ल्याएको माउण्टेन यएरको हेलीकप्टरमा अचेत अबस्थामा रहेकी दुबैजना महिला सहित एक जना बालकलाइ गृहको आग्रहमा निशुल्क सुर्खेत सम्म पठाउन सफल भएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए ।
प्रजिअ सुनारले भने हेलीकप्टरमा ठुलीभेरी नगरपालिका ५ का ५ बर्षे बालक रामप्रसाद रोकायाको टाउको फुटेका बालकलाइ पनि पठाएको बताए । बालकको भिरबाट लडेर टाउको फुटेपछि उनि अचेत अबस्थामा छन । तिनै जनालाइ माउण्टेन यएरको हेलीकप्टर मार्फत निशुल्क सुर्खेत क्षेत्रिय अस्पतालमा उपचारका लागि लगिएको छ ।
अर्धचेत अबस्तथामा रहेकी मृतक कुलालकी दुबै श्रीमतीको सुर्खेतमा उपचार पछि कुन बिष हो भन्ने बारे खुल्ने जिल्ला अस्पतालले जनाएको छ । उनका आफन्तका अनुसार खाना खाएपछि नै तिनै जना अचेत भएको बताइएको छ । हालेको या आफै खाएको भन्नेबारे भने भन्न नसकिने अनुसन्धान प्रहरीले गरिरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षाक नारायण रञ्जितकारले बताए । मर्तक शुकलाल कुलालका दुइृवटी श्रीमती थिइृन ।

बिषखाएर अर्धचेत रहेका दुइृ महिला र भिरबाट लडेर टाउको फुटेको ५ बर्षेबालकलाइ निशुल्क सुर्खेत लिदै माउण्टेन यएरको हेलीकप्टर