आर्थिक संकट बाट उम्कन सकिने उपायहरु

जैतुन अनलाइन | 2020-05-14

टिप्स

स्वास्थ्य मन्त्रालयको सुचना अनुसार आजको मिति सम्म नेपालमा कोरोना पोजेटिभको संख्या २ सतक नाघेको छ । हाल सम्म ३४ जना निको भएर घर फर्केका छन भने अहिले सम्म कोरोनाबाट कुनैपनि व्यक्तिको मृत्यू भएको छैन । लग डाउनको आधा सतक मा आयर कोरोना संक्रमणको संख्या अत्यधिक गतिमा बढिरहेको छ । यसले सरकारलाई लगडाउन अझ कडा रुपमा लिने जिम्मेबारी बोध गरेहको छ । देश पुरा लगडाउनको अबस्थामा रहेकोले सम्पुर्ण आर्थिक गतिविधिहरु रोकिएका छन् । यसले सम्पूण तहका जनताहरुमा ठुलो समस्या निम्ताएको छ । डोल्पा जस्तो जिल्लामा त अझ यसले ठुलो समस्या निम्ताउने देखिन्छ । जिल्लाको धेरैजसो जनताहरु कृषि पेशामा आबद्ध रहेको र उक्त कृषि पेशा पनि निर्बाहमुखि रहेको अबस्थामा अन्य वैकल्पिक आयश्रोत पूर्ण रुपमा ठप्प भएका छन् । वैकल्पिक आयश्रोतको रुपमा मानिएको प्रमुख श्रोत यार्चाकुन्भुको संकलन यो बर्ष पूण रुपमा निशेध गरिएकोले जिल्लाका बासिन्दाहरुलाई आर्थिक समस्या भयाभय हुने संकेत देखिएको छ । धेरैजसो जनताहरु यार्चाकुन्भुको संकलन र विक्रिवितरण र अन्य जडिबुटीहरको संकलन र विक्रि वितरणबाट जिविकोपार्जन गरिरहेको अबस्थामा धेरै संकलनकर्ताहरुले त गत बर्ष नै ठुला व्यपारीहरबाट पेश्की लिएर जिवनयापन गरेको हुँदा यस बर्ष संकलन गर्न नसक्ने अबस्थामा जिल्लाको गरिबीको अबस्था भयाभय नहोला भन्न सकिन्न । यधपी जिल्ला बासिले यस्ता समस्याहरु संग जुधेर अगाडी बढ्न विभिन्न उपायहरु अबलम्बन गर्न सक्दछन् ।

माथिल्लो डोल्पामा याकले खेत जोतिदै

१. कषि प्रवद्धन र विस्तार

हाल सामाजिक दुरी कायम राख्दै गाँउ घरमा कृषि तथा अन्य घरायसी काम गर्न सक्ने अबस्था रहेको छ । यस्तो अबस्थामा परिश्रमी र स्वाबलम्बी डोल्पालीले कृषि क्षेत्रमा विशेष ध्यान पुर्याउन आबश्यक छ । डोल्पा जिल्लााई सडक सञ्जालले जोड्न भन्दा पहिला अधिकाँश डोल्पालीहरुलाई आफ्नै उत्पादनले बर्षभरि खान पुग्ने अबस्था थियो तर जव सडकले जाड्यिो त्यस पश्चात सहज रुपमा आयात गरिएको चामल तथा अन्य उपभोग्य सामग्रिहरुको प्रयोग तर्फ उन्मुख हुँदा परम्परागत रुपमा गरिएको कृषि क्रमश ह्रास हुँदै गएको छ । यसर्थ अब डोल्पालीहरु कृषिमा आत्मनिर्भर हुनेबेला आएको छ । परम्परागत रुपमा गर्दै आएको खेतीबालीहरु जस्तै कोदो, फापर, मकै लगायतका बालीहरुकोको प्रवद्र्धन गर्न आबश्यक छ । धेरै जग्गा जमिनहरु बाझो रहेको अबस्था छ यो समयमा उक्त जग्गा जमिनहरुको उच्चतम प्रयोग र व्यबस्थापन गर्न आबश्यक रहेको छ । हाल बाहिर अध्ययन गर्ने विधार्थि तथा अन्य व्यक्तिहरु पनि जिल्लामा फर्केकोले काम गर्ने जनशक्ति प्रशस्त मात्रामा भएको अबस्थालाई पनि यस तर्फ परिचालन गर्न आबश्यक छ । जिल्लामा उपभोक्ताको कमि भएर पनि गोलभेडा, प्याज लगायतका तरकारीहरु बाह्य जिल्लाबाट आयात गरिएको अबस्था मा अब जिल्ला भित्रनै उत्पादन बढाएर आत्मनिर्भर हुन र जिल्ला भित्रको माग परिपुर्ति गर्न सकिन्छ । विगतका बर्षहररुमा कृषिमा कम समय दिएका कारण उत्पादन कम भउको अबस्थामा उत्पादनमुखि कृषिमा जोड दिन आबश्यक रहेको छ यसर्थ यो फुर्सदिलो समयमा उपलब्ध जनशक्ति कृषिमा आबद्ध गराएर कृषि उत्पादन बृद्धि गर्न सकेमा एकातर्फ बाह्य क्षेत्रबाट खाधान्न तथा तरकारी बालीको आपुर्तिमा खर्चिएको रकम बचत हुनेछ भने अर्कोतर्फ आन्तरिक निर्यात गर्दा आम्दानि बढ्न सक्छ । यसर्थ कृषि प्रवद्र्धनका लागि उपयूक्त सिंचाइमा समय दिने, मलजल गर्ने, बाझो जमिनको प्रयोग गर्ने, भिरालो जमिनलाइृ सम्माउने, बारबन्देजको व्यबस्था गर्ने, फलफूल बगैचाहरको निर्माण गर्ने जस्ता प्रभावकारी उपायहरको अबलमबन गर्न सकिन्छ । यसले अल्पकालिन तथा दिर्घकालिन रुपमा जिवनयापनमा सहजता ल्याउन मद्धत गर्दछ । यसका अलवा यो समयमा पशुपालनलाई अmझ व्यबसायीक रुपमा व्यबस्थापन गर्न सकिन्छ । च्याग्रा, चौरी , भेडा बाख्रा, भैसी जस्ता पशुहरुको व्यबसायीक पालन गरि पशुजन्य बस्तुमा आत्म निर्भर बन्न सकिन्छ । जिल्लामा मासुको माग बोइलरले र बाह्य जिल्लाबाट आयातिा खसिहरुबाट हुने भएकोले यो समयमा स्तरीय फर्महरु निर्माण गरेर, पशुबस्तुहरुलाइृ राम्रो बन्दोबस्त गरेर पनि अगाडी बढ्न सकिन्छ ।

डोल्पामा हुने अर्गानिक मिठे फापर

२. विकास निर्माणमा स्थानिय जनशक्तिको प्रयोग

हरेक विकास निर्माणका कार्यहरु गरिवी संग प्रत्यक्ष रुपमा जोडिएका हुन्छन । चाहे बाटो बनाउने होस या भवन बनाउने या पुल बनाउने यी योजना तथा कार्यक्रमहरुमा स्थानियको सहभागिता सुनिश्चित हुन आबश्यक छ । सहभागिताको नाममा उनिहरको अनुमतिमात्र नभएर श्रम गर्ने क्षेत्रमा स्थानीयको सहभागिता जुटाउदा प्रत्यक्ष रुपमा उक्त कार्यक्रमबाट हुने लाभ स्थानियले लिन सक्दछन । हाल जिल्लामा आउने विकास निर्माणमा कार्यहरुमा अधिकांश कामदार जिल्लाबाहिरका हुन्छन कि त डोजरतन्त्र मार्फत हुन्छन । यसरी कार्य गर्दा जिल्लामा आउको विकास बजेट कि त बाहिर जान्छ कि त केही हुनेखानेले मात्र नियन्त्रण गर्दछन । विकास बजेटको विकेन्द्रिकृत वितरण सबै जनताको सहभागितात्मक श्रमबाट नै सम्भव छ । स्थानिय तहले पनि विकास निर्माणका कार्यहरुमा स्थानिय जनताको श्रमको पनि सुनिश्चित गर्न आबश्यक छ । डोल्पामा विकास निर्माणका हरेक कार्यहरुमा धेरै बर्षदेखिनै बाह्य जनशक्तिाई ठेक्का दिने प्रचलनले हामी डोल्पालीको घर दैलोमा पुगेको रकम बगेर जाने गरेको यर्थातलाई यो समयबाट रोक्न सकेको खण्डमा समेत उल्लेख आर्थिक सहयोग मिल्न सक्दछ ।

लटरम्म फलेको अर्गानिक स्याउ

 

३. फजुल खर्चमा कटौति

यार्चाकुन्भुको संकलन र वितक्रिवितरण बाट आम्दानी बढेपछि डोल्पालीहरुको खर्चाचुपन एकाएक बढेको छ । खर्चालुपन दिगो आम्दानी संग समानुपातिक रुपमा मेल खानुपर्दछ । २।४ महिना या २।३ बर्षको चिट्टा आम्दानीको आधारमा खर्च बढाउदै गयौ भने आम्दानी कम भएको समयमा ठुलो दुख झेल्नु पर्ने हुन सक्दछ । यसर्थ अब अनाबश्यक रुपमा हुने खर्चहरु जस्तै जाँड रक्सी जुवा तासमा हुने खर्च, पार्टी सभा, भोज भतेरमा हुने खर्च आदि ईत्यादीमा कटौति गर्न आबश्यक छ । यो समयमा आफुसंग भएको श्रोतको पनि मितव्ययी प्रयोग गर्न आबश्यक छ । यसले दिगो समय सम्म बचत गर्ने र फजुल खर्च नगर्ने बानीको विकास पनि गर्न मद्धत पग्दछ ।

४. विपन्न तथा अति प्रभावित वर्गलाई सहयोग

स्थानिय तहहरुले पनि आफ्ने क्षेत्रमा समस्यामा परेका विपन्न र प्रभावित वर्गहरुको उचित तथ्याकं संकलन गरेर निजहरुलाई अल्पकालिन र दिर्घकालिन रुपमा सहयोग गर्न आबश्यक छ । ति विपन्न वर्गहरुलाइृ उत्पादनमुखी क्षेत्रमा लगानी गरेर एकातर्फ उनीहरको तत्कालको समस्या समाधान गर्न सकिन्छ भने अर्कोतर्फ उनीहरुलाइृ उत्पादनमुखि क्षेत्रमा अनुदान सहयोग गर्दा उनीहरु आत्मनिर्भर बन्ने बाटो तर्फ उन्मुख हुन सक्दछन । यो आपतकालिन रुपमा हरेक मानिस समस्यामा परेको छ तर समस्याको स्तर कसेको बढी छ भने कसैको थोरै यसर्थ समस्याको अबस्था हेरी सहयोग तथा परिचालन गर्न सकेको खण्डमा पनि धेरै समस्याको समाधान हुन सक्दछ ।
स्थानिय सरकारका अलवा सम्पननले विपन्नलाई र सक्नेले नसक्नेलाई पनि दिल खोलेर सहयोग गर्न सकिन्छ । विपत जतिवेला नि जसलाइ पर्ने भएकाले मिलेर एकआपसमा सहयोगि भावना सृजना गरेर यसको समाधान गनृ सकिन्छ ।

रैथाने वाली चिनो

विपत तथा समस्याहरु जतिवेला पनि आउन सक्छ र जस्तो व्यक्ति परिवार वा नेतृत्वलाई पनि आउन सक्दछ । विपत र समस्याहरु हामीले रोक्न कदापी सक्दैनौ । यस्था विपत तथा समस्याहरु न्यूनिकरण गर्न र समस्या संग लड्ने उपायहरु अपनाउन मात्र सकिन्छ । यसर्थ यी यस्था समस्याहरु भविष्यमा पनि आउन सक्ने भएकाले यी बाट बच्ने उत्तम उपाय भनेकै आफू शसक्त भएर तयार रहने नै हो । कोरोना बाट प्रभावित भएको यो समयमा हामिले आफुलाई तगडा बनाउने र जुध्न सक्ने समय पाएका छौ भोलिका दिनमा यो भन्दा ठुलो समस्या आउन सक्ने भएकाले हरेक हिसाबमा आफुलाई सक्षम र क्षमतावान बनाउदै अघि बढौ । आफु माझ भउको संभाबनाहरुलाई उर्जाको रुपमा प्रयोग गरौ ।

योगेन्द्र बुढा

(लेखक : डोल्पा सर्वाङ्गिन बिकास समाज डोल्पाका स‌योजक हुन)