यार्सा पिडित राहत कोष स्थापना गर्न डोल्पाका सांसदको माग

जैतुन अनलाइन | 2020-05-13

रामचन्द्र न्यौपाने/डोल्पा : आर्थिक उपाजर्नको मुख्य स्रोतनै यार्सागुम्बा संकलन भएको कर्णालीका नागरिकका लागि यार्सा पिडित राहत कोष स्थापना गर्न माग गरिएको छ ।
कोरोना भाइरसका कारण कर्णालीमा यार्सागुम्बा संकलनमा प्रतिबन्ध लगाइए पछि नागरिकलाई आर्थिक संकट पर्ने भन्दै पुर्व तयारीका लागि तीनै तहको सरकार सँग सांसदहरुले यार्सा पिडित राहत कोष स्थापना गर्न माग गरेकाहुन् ।
कर्णाली प्रदेश अन्तर्गत पर्ने डोल्पा,जुम्ला,हुम्ला,मुगु र रुकुम(पश्चिम)का नागरिकहरुको आर्थिको उपार्जनको मुख्य स्रोत भनेकै यार्सागुम्बा संकलन हो ।
कोरोना भाइरसको संकक्रमण बडे सँगै देश लकडाउनमा भएकाले यार्सागुम्बा पाइने कर्णाली प्रदेशका जिल्लाहरुले यो बर्ष यार्सा संकलन पुर्ण रुपमा प्रतिबन्ध लगाएका छन् ।
एक यार्सागुम्बा सिजनमा संकलन गरिएको यार्सागुम्बा बेचेर बर्षभरीका आइपर्ने आधारभुत आवाश्यक्ता पुरागर्ने पाँच जिल्लाका नागरिकहरु यो बर्ष आर्थिक संकटमा परेको कर्णाली प्रदेश सभा सांसद बिरबहादुर शाहीले बताए ।
“अहिलेको बिषम परिस्थितिमा यार्सागुम्बा संकलनमा रोक लगाएर नागरिकहरुलाई ठुलो जोखिमबाट बचाइएको छ,सँग–सँगै कर्णालीका पाँच जिल्लाका नागरिकलाई ठुलो आर्थिक क्षति समेत भएको छ ।”
“बर्षभरी खाद्यान्न जोहो गर्ने,बालबच्चा पढाउने,स्वास्थ्य उपचार गराउने,चाडपर्व मनाउने लगायतका कार्य गर्न आवाश्यक रुपैँयाको जोहो यार्सागुम्बा टिपेरै गर्थे,यो बर्ष यार्सागुम्बा संकलन गर्न नपाए पछि कर्णालीमा आर्थिक संकटको खतरा बडेको छ”सांसद शाहीले भने ।
“त्यसका लागि स्थानीय,प्रदेश र संघिय सरकारले सरकारले यार्सा पिडित राहत कोष स्थापना गर्नुपर्छ,नेपाल खाद्य संस्थानले उपलब्ध गराउने खाद्यान्नमा पचास प्रतिशतसम्म छुट दिनुपर्छ,यार्सामै परनिर्भर भएका कतिपय घरधुरीका लागि निशुल्क रुपमा खाद्यान्न उपलब्ध गराउनु पर्छ । ”
यार्सा राहत कोष स्थापना गर्ने बिषयमा कर्णाली प्रदेश सभामा समेत आवाज उठाउने सांसद शाहीले बताए ।
त्यसै गरि डोल्पाबाटै कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्नुभएकी सांसद बद्मीकुमारी बोहोराले यार्सागुम्बा संकलनमा रोक लागेपछि डोल्पा,जुम्ला हुम्ला,मुगु र रुकुम(पश्चिम)का नागरिकहरु बिशेष मारमा परेको बताए ।
उहाँका अनुसार पाँच जिल्लामा निकट भविश्यमा आउन सक्ने खाद्यान्न लगायतको संकटको सामना गर्न कर्णाली प्रदेश सरकारले पनि नयाँ बजेटका लागि यार्सा राहत कोषनै खडा गरेर पुर्व तयारी गर्नुपर्ने उनको भनाई छ ।
कोरोनाको संक्रमण फैलने भन्दै यसबर्ष जिल्ला विपत व्यवस्थापन समिति,डिभिजन वन र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले यार्सागुम्बा संकलनमा प्रतिबन्ध लगाएपछि डोल्पाली नागरिकहरु चिन्तित भएकाछन् ।
यार्सागुम्बा टिप्न नपाएकाले बर्षभरीका आवश्यक्ता कसरी पुरागर्ने भन्दै उनिहरु चिन्तित भएकाहुन् ।
अघिल्लो बर्षसम्म बहुमुल्य जडिबुटी यार्सागुम्बा संकलनका लागि बिसौँ हजार सर्वसाधारण डोल्पाका उच्च हिमाली पाटनहरुमा पुग्ने गर्थे।