दुनै : जगदुल्ला गाँउपालिकाका क्वारेन्टिनमा बसेका ४४ जनाकै रिपोट नेगेटिभ आएको छ । गाँउपालिकाका देशका बिभिन्न शहरमा रहेका बिधार्थि र घर आएका अन्य नागरिकहरुलाइ १४ दिन क्वारेन्टिनमा राखेर आरडिटि परिक्षण गरेर बुधबार गाँउपालिकाले घर पठाएको हो ।
कोराना भाइरसबाट जोगनि भन्दै सरकारले जेष्ट ५ गते सम्म बन्दावन्दी गरेको छ । हाल सम्म गाँउपालिकाका सबै नागरिक सुरिक्षत रहेको र स्थानीय सरकारले नागरिकलाइ सुरक्षित राख्ने प्रयास गरि रहेको गाँउपालिका अध्यक्ष नारासिँह रोकायाले जानकारी दिए ।रोकायाका अनुसार क्वारेन्टीनमा रहेका ४४ नागरिकको आरडिटि परिक्षण नेगेटिभ आएको छ हामी निकै खुसि छौ त्यसभन्दा पहिला पनि भारतबाट आएका ८ जनाकाे पनि आरडिटी रिपोट नेगेटिभ आएकोले हाल सम्म गाँउपालिकाका सबै नागरिक कोरोनबाट सुरिक्षत रहेको दावी गाँउपालिका अध्यक्ष रोकायाले दावी गरे ।
सानाे भुगाेल भएपनि जुम्लासँगको सिमाना भएकोले चुनौति रहेको छ तर पनि छिमेकी जिल्ला र स्थानीयतहका नाकाहरुमा बिशेष सुरक्षा कडाई गरिरहेकोले पनि गाँउपालिका सुरिक्षत रहेको प्रमुख प्रशासकिय अधिकृत केशबराज जैशिले जानकारी दिए । हाल सम्म आएका सबै नागरिकहरुलाइ अनिबार्य क्वारेन्टिनमा राखेर परिक्षण गरेर घर पठाएका छौ यस पटक पनि एक जना दुधेबालक र अन्य ३ जना बालवालिका सहित ४४ जनाकाे आरडिटि परिक्षणको रिपोट नेगेटिभ आएको छ अब आउने नागरिक पनि क्वारेन्टिनमा नबसि घर जान नपाउने जैशिले बताए ।
क्वारेन्टिनमा बस्ने क्रममा नागरिकहरुलाइ कुनै कुराको कमि हुन नदिएकोले सरकारले तोकेको मापदण्ड अनुसार सेवा प्रदान गरेको दावी गाँउपालिका अध्यक्ष नारासिँह रोकायाले गरे । उनले भने राहातको बारेमा तथ्याङ्क तयार पार्दैछौ दामासायि राहात भन्दा पनि अति बिपन्न बिपन्न एकल महिला गरिवहरुकाे पहिचान गरि बितरण गरिने राेकायाले जानकारी दिए । कुनैपनि नागरिकले भोकै र दुखमा बाँच्न पर्नेछैन जनातासँग स्थानीय सरकार छ ढुक्क हुन गाँउपालिका अध्यक्ष रोकायाले आग्रह गरे हामी सुरक्षित छौ भोकले पनि मर्दैनौ ।