सम्पुर्ण विकासको आधार भौतिक पुर्वाधार : (हंशबहादुर शाही)

जैतुन अनलाइन | 2020-05-13

सम्पुर्ण विकासको आधार भौतिक पुर्वाधार 

भौतिक पुर्बाधार विकासलाई बिकासको परिभाषामा मुख्य आधारको रूपमा लिन सकिन्छ । यसको क्षेत्र विभिन्न रूपमा रहेकोे छ । सम्पूर्ण बिकासको मेरुदण्ड भनेकै भौतिक पुर्वाधार हो, जो देखिने विकास पनि हो । डोल्पाको भौतिक पुर्वाधार बिकासको इतिहास हेर्दा जिल्लागत संरचना शुरु भएदेखी काम भएको पाईन्छ । यहाँ पुर्बाधारको चर्चा गर्नुभन्दा पहिला डोल्पाको स्थापना कहिले र कसरी भयो भनेर जान्न आबस्यक छ । २०१९ सालको पन्चायति संबिधानको घोषणापछि शुरुमा हालको डोल्पा जुम्ला र बाग्लुङ जिल्लामा आधाआधा भागमा रहेकोे थियो । पछि यसलाइ टुक्राएर एउटै बनाई धौलागिरी अंचलमा रहनेगरि दुई बर्षलाइ प्रशासनको काम बाग्लुङ र बिकासको काम जुम्ला(कर्णाली अञ्चल)बाट गर्नेगरि व्यवस्था भएको पाईन्छ । उक्त व्यवस्था त्यति ब्यबहारिक नभएकोले २०१९देखि२०२५को बिचमा विभिन्न खाले खिचातानीका बावजुद२०२५सालबाट सम्पुर्ण रुपमा डोल्पा जिल्लालाई धौलागिरी अञ्चल अन्तर्गत राखियो । २०३२ साल, पन्चायतको दोस्रो संबिधान संसोधन नहँुदासम्म धौलागिरी अञ्चलमा रहेपनि खास डोल्पा जिल्लाको स्वरुप भने २०१९ सालमा रहेको जस्तै थियो । पछि २०३२ सालमा आएर साविक कर्णाली अञ्चलमा रहनेगरि वर्तमान डोल्पाको पुनःसंरचना भएको हो । हाल यो कर्णाली प्रदेश अन्तर्गत पर्दछ ।

जब,भौगोलिक संरचनाको राजनीतिसँग त्यस भुगोलका राजनीतिककर्मीहरुको सम्बन्ध जोडिएको हुन्छ, तिनीहरुमाथीे त्यो भूगोलसँगको कामको सकारात्मक वा नकारात्मक प्रभाब पर्छ नै । २०१९ सालको डोल्पा जिल्लामा जिल्ला पन्चायत सभापतिको रूपमा स्वर्गीय लक्ष्मीशरण शर्मा जो पछि राष्ट्रीय पन्चायत सदस्य पनि हुनुभयो र उपसभापतिमा स्वर्गीय जयबहादुर रोकाय हुनुभएको थियोे । २०५० साल यता जिल्लाको राजनीतिक सेरोफेरोमा बसेर काम र संगत गरेका आधारमा सभापति उपसभापति, राष्ट्रीय पन्चायत सदस्य र हालका जनप्रतिनिधिहरुमा मैले नाम सुनेका उपसभापतिहरु बहादुरसिंह कठायत, कर्नबहादुर शाही, ताक्ला बुढा र राष्ट्रीय पन्चायत सदस्य रुद्र बहादुर डाँगी म जिल्लामा नआउँदै स्वर्गीय भैसक्नुभएको थियो । राष्ट्रीय पन्चायत सदस्य र जिल्ला पन्चायत सभापति स्वर्गीय कमल बहादुर बुढा र प्रतिनिधिसभा सदस्य स्वर्गीय क्याबु बुढासँग भेटघाट भएपनि बिकास निर्माणको बारेमा त्यति छ्लफल गर्न भने पाईन । यसबाहेक २०१९ सालयताका अन्य जिल्ला पन्चायत सभापति, उपसभापति, राष्ट्रीय पन्चायत सदस्य तथा अहिलेका जनप्रतिनिधिहरुसँग मैले धेरथोर छ्लफल, बहस र सहकार्यका साथ कामको अनुभव लिन पाएको छु जुन मेरालागि खुशीको कुरा हो ।

डोल्पा सदरमुकाम दुनै

डोल्पामा मानिसको बसोबासको इतिहास लामो छ किनभने मेरो सन्तान नर्कुमा बस्न थालेको ७ पुस्ता भन्दा बढी भइसकेको छ भने त्यसभन्दा अगाडि कालिकामा हो । यसरी हेर्दा केहि मानिसहरू जुम्ला, तिब्बत र फाट्टफुट्ट अन्तबाट पछि आएर बसेको पाईन्छ ।२०१९ सालभन्दा पहिला शिक्षा, स्वास्थ्य, बाटोघाटो, पुलपुलेसा कुनैपनि सरकारको चर्चामा थिएन होला । त्यो बेलामा हाम्रा अग्रज वा पुर्खाहरु आफैले भुगोल सुहाउँदो तत्कालीन आवश्यक्ता पुरा गर्न गोरेटोे, घोडेटो, लाप्का, काठेपुल, कुलो कुलेसो आदी निर्माण गरेका थिए होला । भुगोलको माटो र चट्टान अनुसार आफ्नो परम्परागत सीप आबिष्कार गर्नु, अभ्यास गर्नु र जिविकोपार्जन गर्नुका साथै उनीहरुको मेहनत र एकता अत्यन्तै अतुलनीय एवम् प्रसंशायोग्य छन् । अझ त्यसबेलाको काठेपुल लागाउने तरिका साच्चिकै कलात्मक र बैज्ञानिक इन्जिनियरिङ्ग विधिशास्त्र अनुरुप नै भएको पाईन्छ ।२०३८र३९सालसम्म जिल्लाभर जम्मा बजेट २५ हजार देखि ७५ हजार रुपैयासम्म आउने कुरा जानकाहरु बताउँछन् ।अधिकांश बिकासे अड्डाहरु पनि २०३५र३६ सालपछि मात्र स्थापना भएका हुन् जिल्ला बिकास बाहेक सानिशाखा (सार्वजनिक निर्माण शाखा), खानेपानी र हालका अन्य कार्यालयहरु ।

हालसम्मको भौतिक बिकासको चर्चा गर्दाखेरि जिल्लाको भौगोलिक अवस्था, राजनीतिक कालखण्ड, बदलिंदो परिस्थिति र स्रोेतका बारेमा जानकारी लिन जरुरी छ । मेरो ब्यक्तिगत बुझाइमा भौतिक विकासका लागि राष्ट्रीय राजनितिको मुल दर्शन, नीति, आकांक्षा, शासकको सोच र शासकीय स्वरुप र जिल्लाको जनप्रतिनिधिको सोच चिन्तनका साथै आबश्यकीय आर्थिक स्रोत तथा नागरिकको माग आदी महत्वपुर्ण विषय हुँदारहेछन् । त्यसैगरी छिमेकी जिल्लाको भूगोल त्यहाँको राजनीतिक चेतना, नेतृत्व, जनताको चेतनास्तर, सूचना, संचार, बाहिरी जगतसँगको सम्पर्क तथा समन्वय लगायतका धेरै कुराले पनि हाम्रो विकासमा प्रभाव पार्ने रहेछ । सामाजिक, साँष्कृितक, आर्थिक तथा मानबिय बिकास सबैको लागी भौतिक पुर्वाधार बिकास पहिलो शर्त रहेछ । प्रारम्भदेखि हालसम्म, पन्चायत देखि गणतन्त्रसम्म डोल्पामा गाउँ, जिल्ला र राष्ट्रीय स्तरमा को–को ब्यक्तिहरु जनप्रतिनिधि हुनुभयो र उहाँको कार्यकालको चर्चा पाठकहरुले पढेपछि आफैं टिप्पणी गर्नुहुनेछ । यो लेखमा कुन ब्यवस्था, दशक र समयमा के–के भए त्यसको मात्र चर्चा गरिनेछ ।

३०देखि४० को दशकमा जिल्लामा शुरुवात भई सप्पन्न भएका महत्त्वपूर्ण बिकासमा जुफाल बिमानस्थल एउटा हो, जो यातायातको मेरुदण्डको रूपमा अहिलेसम्म रहेको छ । यो२०२८र२९ सालबाट निर्माण शुरु भएर २०३१र३२ सालमा संचालनमा आएको हो । शुरुमा जुफालबाट भैरहवा,बागलुङको बलेवा,रोल्पाको सुलिचौर, पोखरा, नेपालगञ्ज र सुर्खेत हवाई सेवा चलेको भएपनि अहिले नेपालगञ्ज र सुर्खेतमा मात्र नियमित सेवा छ । डोल्पाको सिमाना तुसारे देखि छार्का सम्मको बाटो अर्को महत्वपुर्ण विकास हो । यसको नामाकरण पछि आएर तल्लु–दुनै सडक भएको छ, जो कार्य चुँगार्डमा कार्यालय स्थापना भएर निर्माण भएको थियो । हाल मोटरबाटो पनि यही रेखांकनमा निर्माण भएको छ । त्यसैगरी तल्लु–त्रिबेनी–बलेङ्ग्रा घोडेटो बाटो, दुनैको जिल्ला अस्पताल, जुफालको बागबानी केन्द्र, घोडाखोरको चौरीफार्म,केहि ठाउँमा झोलुङ्गेपुल,केहि सिँचाइ तथा खानेपानीका आयोजनाहरु र जिल्लामा सरकारी भबन निर्माण पनि ४०को दशकमा भएका विकास हुन् । केही गाउँमा जापान सरकारको सहयोगमा टिन र जिल्ला पन्चायतबाट आर्थिक सहयोगबाट आफ्नो गाउँको बिद्यालय भबन निर्माण गरेको पाईन्छ । अत्यन्तै महत्वपूर्ण कुरा के छ भने ४वटा माध्यामिक बिद्यालय, ९भन्दा बढी निम्नमाध्यामिक विद्यालय र गाउँगाउँमा प्राथमिक बिधालयहरु पनि स्थापना भएका थिए । यस दशकमा भएका भौतिक विकासका कार्यमा विशेष गरेर भबन निर्माण कार्यहरु न्युन अनुदान रकम र अधिकांश श्रमदानमा भएका थिए । त्यो भनेको उच्च समाजसेवाको भाब हो । पन्चायतकालमा बिद्यालय स्थापनामा बढी जोड दिएको पाईन्छ ।

डोल्पाको जुफाल बिमानस्थल

५०को दशक आसपासमा नेपालमा बहुदलीय ब्यबस्था आएपछि शिक्षा र स्वास्थ्यमा केहि नयाँ संरचनाहरु निर्माण पक्कै भए । जैरिगार्ड साना जलविद्युत आयोजना, खानी देखि धो सम्म घोडेटो बाटो निर्माण कार्यको शुरुवात भएका थिए । यसैबेलामा केही खानेपानी, सिचाइ आयोजना र बिद्यालय भबन निर्माणका कामहरु पनि भएको पाईन्छ ।२०५१ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष तथा प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको नौ महीने सरकार बन्यो र अत्यन्तै लोकप्रिय रूपमा बिकेन्द्रिकरणको उद्देश्य पुरा गर्नेगरि हाल संघीयताको जग बस्नेगरी देशमा “आफ्नो गाउँ आफै बनाउँ” भन्ने कार्यक्रममा प्रत्येक स्थानीय निकायमा पहिलोपटक ३ लाख र दोस्रोपटक ५ लाख रकमको बजेट विनियोजन गर्ने काम भयो । उक्त कार्यक्रमले देशैभरी बिकासको ठुलो लहर सिर्जना गर्नुका साथै त्यसले महत्वपूर्ण प्रभाव पा¥यो । स्थानीय निकायमा शिक्षा, स्वास्थ, कृषि, सिँचाइ, खानेपानी, यातायात, पर्यटन, बन तथा वातावरण र खेलकुद जस्ता क्षेत्रको भौतिक विकासमा ग्रामिण स्तरमा आधारभुत जग हाल्ने काम ग¥यो । लंैगिक बिभेद न्युनिकरण, सामाजिक सुरक्षा भत्ता कार्यक्रम आदिको कारण लोककल्याणकारी राज्यको कल्पना गरेको थियो । गाउँगाउँमा बिकास निर्माणका साथै आर्थिक बिकास समेत भएको थियो । बहुदलिय प्रजातान्त्रिक ब्यबस्थाको सुदृढीकरण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागी आधारशिला निर्माण गरेको थियो । कम्युनिष्ट पार्टीमाथी प्रतिक्रियावादी शक्तिले लगाएका गलत र भ्रामक प्रचार तोड्न सफलता मिलेको थियोे । उक्त कुराको प्रमाण २०५४ को स्थानीय निर्वाचनमा नेकपा (एमाले)ले अत्यधिक स्थानहरु जित्न सपÞmल भएको थियो । यो सबै कुराको प्रभाव डोल्पाको बिकासमा पनि महत्वपूर्ण कोशेढुङ्गाको रुपमा साबित भएको छ ।

जाजरकोट डोल्पा सड्क खण्ड अन्तरगतको छलगार्ड सम्मको १०४ किलोमिटर सड्क उद्धघाटन गर्दै रक्षामन्त्री इश्वर पोखरेल

राज्य व्यवस्था र राजनीतिक परिस्थिति र त्यसको परिवर्तनका आधारमा ५०को दशक यता विकासको तुलना गर्दा जुन समय नेपालमा सशस्त्र द्धन्द्ध र राजा ज्ञानेन्द्रको निरंकुश शासन थियोे त्यसको असर डोल्पामा पनि परेको थियोे । गणतन्त्र स्थापनापछि केहि ठुला र महत्वपूर्ण आयोजना शुरु भएकोमा केहि पूरा भएर आंशिक लाभ दिन शुरु गरेका छ्न भने केही निर्माणाधिन क्रममा छ्न । डोल्पाको समग्र विकासको मेरुदण्डका रुपमा रहेको भेरी कोरिडोर अन्तर्गत जाजरकोट–दुनै खण्डको ट्रयाक खुलाउने काम पुरा भएको छ । यो सडकको निर्माण कार्य नेपाली सेनाले ०६६।६७ मा शुरु गरी ०७४।७५ मा सम्पन्न गरेको हो, जुन कामबाट नेपाली सेनाले स्थानीय नागरीकको मन जितेको छ । जुफाल विमानस्थल कालोपत्रे सम्पन्न भएर संचालनमा आएको छ । पाहाडाको मसिनेचौर विमानस्थल निर्माण सम्पन्न भई कालोपत्रेको काम भइरहेको छ । जुम्ला–डोल्पा–मुस्ताङ–मनाङ हिमाली सडक खण्ड सर्भे भै ट्रयाक खुलाउने काम भैरहेको छ । चिनको स्वशासित क्षेत्र तिब्बतको सिमाना मोरिम्ला देखि धो सम्म ट्रयाक खोलिएको छ । दुनै–धो खण्डको सडक बिस्तृत सर्भेको चरणमा रहेको छ । त्रिबेनी–काईगाउँ सडक निर्माण कार्य शुरु प्रक्रियामा छ । तिब्बति नाका क्याटो देखि साल्दाङ सम्म सडक निर्माण कार्य शुरु हुने चरणमा रहेको छ । जाजरकोट–डोल्पा सडक खण्डमा १४ वटा मोटरेबल पुल सर्भे चरणमा रहेका छन् । केही पुराना काठेपुल भत्केका ठाउँमा झोलुङ्गेपुल निर्माण भएका छन् भने आवश्यक्ता अनुसार जिल्लाभर विभिन्न ठाउँमा झोलुङ्गेपुलहरु सर्भे भैरहेका छन् ।

बिकासका लागि सड्क खन्न डोजर प्रयोग

सबैभन्दा महत्वपूर्ण योजना एक अर्ब हाराहारीको बजेटमा जोखिमपुर्ण सदरमुकाम बचाउ आयोजना संचालनमा छ । अन्दाजी एकतिहाई काम सम्पन्न भएको यो योजनाको बाँकि कामको सफलता, गुणस्तरीयता र प्रभावकारीताको बारेमा धेरै चर्चा गर्न चाहन्न । किनकि यसको सफल कार्यान्वयनमा स्थानीय नागरीक र जनप्रतिनिधिको सहयोग तथा खबरदारी, जिल्ला सदरमुकाम समेत भएको हुँदा सरोकारवाला सबैको चाँसो र सम्बन्धित कार्यालय र निर्माण कम्पनी वा निर्माणकर्ताको नैतिक जिम्मेवारी विशेष रहन्छ । उक्त योजना पुर्णरुपले सफल भएको खण्डमा मात्र सिङ्गो जिल्ला सदरमुकाम सुरक्षित हुनेछ । सदरमुकाममा गरेको नागरीकको सम्पत्ति तथा लगानी सुरक्षित भई राष्ट्र बैंकको ठुलो नदी खोलाको २०० मिटर दायाँ बायाँ बैंक तथा बितिय संस्थाले लगानी नगर्ने नियमानुसार दुनैलाई पुर्णरुपमा जोखिममुक्त घोषणा हुनेछ र यहाँका जनताको सम्पत्ति र लगानीमा बैंकले ऋण प्रदान गरी लगानी गर्नेछ । यो दश बर्षमा भएको मुख्य उपलब्धि स्थानीय तह र बैकल्पिक उर्जाको सहयोगका कारण अस्थायी रुपमा भएपनि साना जलविद्युत र सोलार सिस्टममा बिकास भएको छ । शिक्षा,संचारमा पनि क्रमिक विकास हुँदैछ । भौतिक बिकास कार्य आफैंमा निकै चुनौतीपूर्ण, व्यापक र महत्वाकांक्षी कार्य हो । त्यसैमाथि हाम्रो भूगोलले पनि चुनौती थपिदिएकोछ, यसका बाबजुद हामीले केहि निर्माणकार्य गरेको भएपनि प्राथमिकताको आधारमा अझै थप कार्यहरु गर्न जरुरी छ ।

शुलिगार्ड खोलामा रहेको फोक्सुण्डो जाने कालि पुल

अहिलेको आवश्यक्ता र प्राथमिकता कृषि, शिक्षा,स्वास्थ्य सबैको मनमनको आवाज,मुलमन्त्र जस्तै भएको छ तर एउटा कुरा के साँचो हो भने भौतिक पुर्बाधारबिना यसको केही सम्भावना नै छैन । यसको लागि हाल भएको आधारहरुको समिक्षा गरेर केही कामहरू अगाडि बढाउन आवश्यक छ । हाम्रो पहिलो प्राथमिकता भनेको सडक यातायात नै हो र ट्रयाक खोलिएका सडकहरु संचालन गर्दै ती सडकहरुमा मोटरेबल पुल निर्माण गर्नु नै अहिलेको मुख्य काम हो । सबै स्थानीय तहको केन्द्रसम्म र कृषि उपज उत्पादन हुने ठाउँसम्म सडक संजालले जोड्नुपर्छ । त्यसपछि शिक्षा,स्वास्थ, खानेपानी, सिंचाइ र पुल निर्माणका क्षेत्रमा अधिकतम काम गर्नुपर्दछ । विशेषगरी विद्युत (उर्जा)तर्फ राष्ट्रिय प्रसारण लाइन जोड्नेतर्फ नै जोड दिनुपर्छ जसमा डोल्पाबाट उत्पादन भएको विद्युत पनि प्रसारण गर्न सकियोस् । हालको परिवेशमा नेपालको सबैभन्दा राम्रो कर्णाली प्रदेशको भाग्य र भविष्य बोकेको झण्डै १९० मेगावाटको बिजुली उत्पादन गर्ने जगदुल्ला १ र २ परियोजना डिपिआरको अन्तिम चरणमा छ । यो योजनाको लागी बाटो लगायत अन्य तयारी चलिरहेको छ । अन्य भेरी नदी, सुलिगार्ड, रुपगार्ड र थुप्रै सम्भावना बोकेका नदीहरुमा सम्भाव्यता अध्ययन गरी विद्युत उत्पादन गर्नुपर्छ । डोल्पामा वनजङ्गल ज्यादै न्युन भएकाले वन संरक्षण सम्बन्धि काम गर्न जरुरी छ । यसका लागि अब पुल बनाउनुपर्ने सबै ठाउँमा काठेपुलको सट्टामा झोलुङ्गेपुल र झोलुङ्गेपुल बनाउने ठाउँमा मोटरेबल पुल निर्माण गरी डोल्पालाई काठेपुल मुक्त जिल्ला घोषणा गर्नेगरी काम गर्नुपर्नेछ । भेरी कोरिडर अन्तर्गत जाजरकोट–दुनै खण्डमा पर्ने ठुलीभेरी र अन्य नदीमा आवश्यक्ताका हिसाबले ५ ठाउँमा बेलिव्रिज तत्कालै निर्माण गर्न जरुरी छ । यद्यपि हामीसँग भौतिक निर्माणका लागि थुप्रै चुनौतीहरु छन् । ठुलो भूगोलको जिल्ला, कम जनसंख्या, आर्थिक स्रोतको कमि, स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकारको स्पष्ट क्षेत्राधिकार निर्धारण र आपसी समन्वय नहुनु मुख्य समस्याहरु छन् । भौतिक पुर्बाधारको बिकास भएको खण्डमा मात्र शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका अन्य सेवाक्षेत्रको बिकास छिटो र प्रभावकारी ढंगबाट गर्न सकिन्छ जसले डोल्पाली मात्र लाभान्वित नभई यसबाट देशमै ठुलो हिस्साको रोजगारी पनि सिर्जना हुनेछ ।

२०७७ बैशाख ३१ गते
(लेखक नेकपाका केन्द्रीय सदस्य तथा डोल्पा जिल्ला इन्चार्ज हुन् )