एकथान भरुवा बन्दुक स्थानीयले बुझाए निकुञ्जको गस्तिले थप २ थान फेला पर्यो

जैतुन अनलाइन | 2020-05-12

दुनै : शे फोक्सुण्डो राष्ट्रिय निकुन्जलाइ स्थानीयले एकथान भरुवा बन्दुक बुझाएका छन । त्रिपुरासुन्दरी नगरपालिका-२ मा पर्ने महादेब मध्यवर्ति क्षेत्रको रसिगाउँको जङ्गलमा बेबारिसे अवस्थामा फेला परेको १ थान भरुवा बन्दुक रिस  गाउँका टासी रेम्जे गुम्बाका लामा निमा लामा र स्थानीयले  निकुञ्ज कार्यालय र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको इश्वरी बक्स गुल्मको संयुक्त गस्ती टोलीलाई बुझाएका छन्।

त्यसका साथै स्थानीयले भरुवा बन्दुक बुझाएपछी शे फोक्सुण्डो राष्ट्रिय निकुन्जले मँलबार फेरी उक्त क्षेत्रमा गष्तीटोली पठाएपछि थप २ थान भरुवा बन्दुक जँगलमा लुकाएर राखेका फेला पारेकाे शे फोक्सुण्डो राष्ट्रिय निकुन्जका प्रमुख स‌रक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए । महादेब मध्यवर्ति क्षेत्र उपभोक्ता समितिको क्षेत्रमा निकुञ्जको सुराकी स‌रचना र स्थानीयको सुचनाका आधारमा गस्ती गर्दा थप २ थान भरुवा बन्दुक फेला पारेको र एक स्थानीयले आफै बुझाएको प्रमुख स‌रक्षण अधिकृत पौडेलले बताए ।

निकुञ्ज अन्तरगतका मध्यवर्ति क्षेत्रमा निकुञ्ज वन क्षेत्रमा वन्यजन्तु र बहुमुल्य जडिबुटीको चोरी,निकुञ्जका वन क्षेत्रहरुमा काठ तस्करीदेखि वन्यजन्तुको चोरी सिकारी हुन नदिन र स्थानीयलाइ जागरुक गराउन शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले  संरक्षणबारे जनचेतना अभिबृद्दि गर्ने अभियान तिब्र पारेको प्रमुख स‌रक्षण अधिकृत सरोजमणि पौडेलको दावी छ।

शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडले मध्यवर्ती क्षेत्रमा  समुदायमा चोरी शिकारी नियन्त्रण सम्बन्धि जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ।तर पनि लुकीछिपी चोरी शिकारी भएकाे भन्ने सुराकी स‌रचनाका आधारमा नियमित गष्ति परिचालन भै रहेको निकुञ्जले जानकारी दिएको छ । चोरी शिकार गर्ने ब्यक्ति फेला परेमा निकुञ्जको ऐन अनुसार एक बर्ष सम्म जेल सजाय हातहतियार तथा खरजना ऐन अनुसार जिल्ला प्रहरीले मुद्धा लगाउने सक्दछ ।

निकुञ्ज कार्यालय,मध्यवर्ती क्षेत्र र विश्ववन्यजन्तु कोष नेपालको आर्थिक सहयोगका निकुञ्जका १७ वटा मध्यवर्ती क्षेत्र उपभोक्ता समितिमा समुदायमा आधारित चोरी शिकार नियन्त्रण उप समिति गठन गरी स्थानिय जनताको सहभागीतामा चोरी सिकार नियन्त्रण अभियान चलाएको निकुन्जका कायमुकायम प्रमुख संरक्षण अधिकृत पौडेलले बताए। पौडेलले भने हामीलाइ सुचना दिनुहोस गलत गर्नेलाइ कारवाही हुन्छ सुचना दिनेलाइ नाम गोप्य राखेर सम्मान गर्नेछौ ।