नेपालमा एकैदिन ७४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०८ पुग्यो

जैतुन अनलाइन | 2020-05-12

काठमाडौं : मंगलबार मात्रै थप ७४ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा मंगलबार थप १७ मा कोरोना पुष्टि भएपछि  कोरोना स‌क्रमितको स‌ख्या ७४ पुगेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको र पुन १७ जनाको पनि कोरोना पुष्टि हुदा ७४ जना एकैदिन स‌क्रमित बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मँगलबार मात्रै ७४ जना थपिएपछि सहित कोरोना संक्रमितको संख्या २०८ पुगेको छ।

कपिलवस्तुका ८ जना, रुपन्देहीका ९ जना, पर्साका ३९ जना र बाराका १ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारले जनाएका छन्।स्वास्थ्य अवस्था सामान्य रहेका उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना जितेर ३१ जना घर फर्किसकेका छन्। बाँकी संक्रमित विभिन्न अस्पतालमा उपचारत छन्। उनीहरुको स्वास्थ्य अवस्था  सामान्य रहेको सम्बन्धित अस्पतालले जनाएका छन्।भने हाल सम्म नेपालमा एकजनाले पनि कोरोनाका कारण ज्यान गुमाएका छैनन ।