दुनै : मुड्केचुला गाँउपालिकाका क्वारेन्टिनमा रहेका ६२ जनाको आरडिटी रिपोट नेगेटिभ आएको छ । स्थानीयतहका देशका बिभिन्न शहरमा रहेका बिधार्थि र अन्य नागरिकहरु घर आउदा १४ दिन क्वारेन्टिनमा राखेर आरडिटि परिक्षण गरेर गाँउपालिकाले घर पठाएको हो ।
कोराना भाइरसले देश जेष्ट ५ गते सम्म बन्दावन्दीमा रहेको छ । हाल सम्म गाँउपालिकाका सबै नागरिक सुरिक्षत रहेको र स्थानीय सरकारले भरमग्दुर नागरिकलाइ सुरक्षित राख्ने प्रयास गरि रहेको गाँउपालिका अध्यक्ष दत्तबहादुर शाहीले दावी गरे । शाहीले भने क्वारेन्टीनमा रहेका सबै नागरिकको आरडिटि परिक्षण नेगेटिभ आएको छ हामी निकै खुसि छौ ।
मुड्केचुला गाँउपालिकाले आफ्ना स्थानियतहका सबै नागरिकलाइ जहा छन त्यहि बस्न र पहिलो पटक ३ हजारका दरले र पुन कार्यापालिकाले ५ हजार राहात पठाउने निर्णय गरे अनुसार नगदै राहात सम्बन्धीत नागरिकको खातामा पठाएको थियो । अन्य स्थानीयतहले आफ्ना नागरिकहरु घर ल्याउने क्रममा सँगै आएका आफ्ना गाँउपालिकाका ६२ जना नागरिकलाइ गाँउपालिकाका बिभिन्न वडाका क्वारेन्टिनमा राखेर आरडिटी परिक्षण पछि घर पठाएको गाँउपालिका अध्यक्ष शाहीले जानकारी दिए ।
क्वारेन्टिनमा बस्ने क्रममा केही कमिहरु भएको हाे हामीले सुधार गरेर लग्यौ यो सँकटको घडिमा कुनैपनि नागरिकले भोकै र दुखमा बाँच्न दिने छैनौ भन्ने प्रयत्न गरेका छौ तर सबैको साथ चाहिन्छ शाहीले थपे । मुड्केचुला गाँउपालिकाले राहात ब्यवस्थापनका लगि भनेर २७ लाखको बिपत कोष स्थापना गरेको छ । हाल वडामा बिपन्न परिवारको पहिचन गरि राहात बितरण गरी रहेकाे गाँउपालिकाले जानकारी दिएको छ ।