डोल्पाका ११ जनाकै पिसिआर रिपोट नेगेटिभ

जैतुन अनलाइन | 2020-05-10

दुनै : डोल्पाबाट पिसिआर परिक्षणका लागि सुर्खेत पठाएका ११ जनाकै रिपोट नेगेटिभ आएको छ । आरडिटि परिक्षण गर्दा संकास्पद देखिएका ११ जनाको पिसिआर रिपोट नेगेटिभ भएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए । कर्णाली प्रदेस सामाजिक बिकास मन्त्रालयले पठाएको माउण्टेन एयरको हेलीकप्टरबाट शनिरबार त्रिपूरा सुन्दरी नगुरपालिका ३,ठुलीभेरी नगरपालिका जुफालका ५ र दुनैका ३ जना गरि ११ जनाको स्वाव पिसिआर परिक्षणका लागि सुर्खेत लर्गिएको थियो ।

सुर्खेतमा परिक्षण भएका ११ जनाकै रिपोट नेगेटिभ आएकोले नागरिकलाइ अब त्रसित नहुन प्रमुख जिल्ला अधिकारी सुनारले आग्रह गरेका छन । प्रजिअ सुनारले भने ढुक्क हुनुस ११ जनाकै पिसिआर रिपोट नेगेटिभ आयो तर लकडाउनको पलाना गरि घरमै बस्नुस सुरक्षित हुनुस ।
निकै त्रसित रहेका डोल्पाका नागरिकका लागि सकरात्मक सन्देश भएकोले अझै सुरक्षित रहन जिल्ला अस्पताल डोल्पाका डाक्टर रमेश रोक्काले आग्रह गरे । उनले भने पिसिआर नेगेटिभ आउनु खुसिको कुरा हो तर अब लापरवाही गर्नेबेला भने हैन ।

कस्तुरी आधारभुत बिद्यालयमा क्वारेन्टिनमा बसेका ६४ बर्षका पुरुषमा आरडिटि परिक्षण गर्दा पोजेटिभ देखिए जिल्लामा संकास्पद ११ जनाको पिसिआर परिक्षणका लागि प्रदेश सरकारले हेलीकप्टर मार्फत सुर्खेत लगेको थियो । स्थानीय सरकारले देशका बिभिन्न शहरबाट उद्धार गरि ल्याएका हजारौ नागरिकलाइ १४ दिन क्वोरेन्टिनमा राखेर आरडिटी परिक्षण गरेर घर पठाइ रहेका छन । तर ठुलीभेरी नगरपालिका ११ का नागरिक भने १८ दिन सम्म पनि स्वास्थ्य परिक्षण नगरिदिदा घर जान नपाएको वडा अध्यक्ष लक्ष्मी कार्कीले जानकारी दिए ।
हेलीकप्टरबाट सुर्खेत लगिएको ११ जनाको पिसिआर रिपोट नेगेटिभ आएसँगै डोल्पाका नागरिक खुसि भएका छन । स्थानीयतले भनेका छन यदि कोही संकास्पद भएमा डाटा नलुकाउन आग्रह समेत गरेका छन ।