धनगिरीका गजल

जैतुन अनलाइन | 2020-05-09
गजल 
तिमी त सम्झिन्छौ यार दिलमा ढुङ्गा राखेर
भै दिन्छ यस्तो संस्कार दिलमा ढुङ्गा राखेर
मौसमको खेती हो आकाशको भर पर्नु पर्छ
तिमी त गर्छौ किन हतार दिलमा ढुङ्गा राखेर
बैमानहरुको भर पर्नाले हो जिन्दगी बिग्रेको
मेरै मित्र हो भन्छु सान्दार दिलमा ढुङ्गा राखेर
सजिनु पनि कहाँ सजिलो हुन्छ र ऎना जस्तै
देखाइ दिन्छ दुखी अनुहार दिलमा ढुङ्गा राखेर
धनगिरी फडेरा “आफन्त”
रास्कोट नगरपालिका ०६,कालिकोट
हाल ठुलिभेरी नगरपालिका ०३, दुनै डोल्पा