११ जनाको स्वाप पिसिआर परिक्षण गर्न हेलिकप्टरबाट सुर्खेत लगियो

जैतुन अनलाइन | 2020-05-09

दुनै : डोल्पाबाट पिसिआर परिक्षणका लागि ११ जनाको स्वाब लगिएको छ । कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालयले पठाएको माउण्टेन एयरको हेलिकप्टर मार्फत जिल्लाका ११ जनाको स्वाब सुर्खेत लगिएको हो । त्रिपूरा सुन्दरी नगुरपालिका ७ को कस्तुरी आधारभुत बिद्यालयमा क्वारेन्टिनमा बसेका ६४ बर्षिका पुरुषमा पहिलो आरडिटि परिक्षण गर्दा पोजेटिभ भएको र पुन परिक्षण गर्दा नेगेटीभ आएपछि जिल्लाका बिभिन्न क्वारेन्टिनमा बसेका सँकास्पद नागरिकहरुको स्वाब सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए ।

नेगेटिभ–पोजेटिभ–नेगेटिभ देदिएपछि पिसिआर परिक्षणको लागि माउण्टेन एयरको हेलीकप्टरबाट त्रिपूरा सुन्दरी नगरपालिका ७ बाट एक महिला २ पूरुष गरि ३ जनाको,ठुलीभेरी नगरपालिकाको जुफालबाट ३ महिला र २ पूरुष गरि ५ जनाको साथै दुनैबाट  ३ महिलाको गरि जम्मा ११ जना सँकास्पद नागरिकको स्वाव पिसिआर परिक्षणको लागि पठाएको प्रजिअ सुनारले बताए । पाहाडाका शँकास्पद ब्यक्तिको भने नाक र घाँटीकाे स्वाव लगिएको छ । सुर्खेतबाट हेलीकप्टरमा एक जना डाक्टर र दुइृजना ल्याब अशिष्टेन्ट आएकाेमा डाक्टर एक जना ल्याबका कर्मचारी डोल्पा बसेका छन भने एकजना ल्याबका कर्मचारी स्वाव लगेर सुर्खेत फर्किएकाे जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षाक नारायण रञ्जितकारले जानकारी दिए। डिएसपी रञ्जितकारका अनुसार हेलीकप्टर २ बजे आएर पाैने पाँच बजे ११ जनाको स्वाव लगेर सुर्खेत फर्किएको छ । जिल्लामा बसेका डाक्टर र ल्याबका कर्मचारीले त्रिपूरा सुन्दरी नगरपालिका र मुड्केचुला गाँउपालिकामा थप परिक्षण गर्ने बताए ।

 

डोल्पा जिल्लामा हालपनि सयौ नागरिकहरु क्वारेन्टिनमा बसेका छन । नेपालगञ्ज,काठमाण्डौ,सुर्खेत लगायतका बिभिन्न शहरबाट स्थानीय सरकारले उद्धार गरेर ल्याएका नागरिकहरुलाइ १४ दिन पुगेपछि आरडिटी परिक्षण गरेर घर पठाउने गरेको ठुलीभेरी नगरपालिकाका नगर प्रमुख गणेशबहादुर शाहीले जानकारी दिए ।

स्थानीयतहले खरिद गरेका कोरोना परिक्षण गर्ने किटहरु बिश्व स्वास्थ्य सँगठन (WHO) ले प्रमाणित नगरेका किटहरु खरिद गरेर ल्याएको हुन सक्ने भन्दै नागरिकले प्रश्न गरेका छन । यति बेला स्थानीय तहले आफै कोरोना परिक्षणका किट खरिद गरेर ल्याएका छन र क्वारेन्टिनमा रहेका सयौ नागरिकलाइ परिक्षण गरेर घर पठाएका छन ।  आरडिटी परिक्षणका क्रममा पहाडामा देखिएको भोजेटिभ रिपोट बाहिर आएपछि जिल्लामा हलचल आएको हो । ठुलीभेरीमा समेत त्यस्तै रिपोट आएको थियो केहि चिकित्सक र स्थानीय सरकारका जनप्रतिनिधिले कुरा लुकाएका थिए अब पिसिआर परिक्षणका लागि स्वाब लगियो रिपोट आएपछि मात्रै डोल्पामा ढुक्क हुन सकिने एक जना चिकित्सकले भने ।

तर यस भन्दा पहिला स्थानीय सरकारले गरेको आरडिटी परिक्षणमा भने दुईपटक सम्म रिपोट पोजेटिभ आएको चिकित्सकको दावी छ । यस्तो कुरामा लापरवाही नगर्न चिकित्सकले आग्रह गरेका छन । जिल्ला प्रशासनले जिल्लाको सबै सुरक्षामा कडाइ गरेको छ भने ठुलीभेरी नगरपालिकाले समेत आफ्नो स्थानीयतहका सबै नाकाहरु शिल गरेको छ ।  स्थानीय सरकारले खिरद गरेका काेरोना परिक्षणका किटहरु बिश्व स्वास्थ्य सँगठन (WHO) ले प्रमाणित नगरेका किटहरु खरिद गरेर ल्याएको र हचुवाका भरमा परिक्षण गरेकाे नागरिकको आरोप छ । तर स्थानीय सरकारले कुन र कस्तो किट ल्याएकाे हाे भन्नेबारे भने कसैले पनि चासो राखेका छैनन ।

स‌कास्पद भने छ तर पिसिआर परीणका लागि पठाएकै नागरिक सुरिक्षत राख्न हो प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले भने धैर्य गर्नुस आत्तिनै पर्ने अबस्था आएको छैन घरमा बसेर सहयोग गर्नुस ।बाहिर जिल्लबाट पछिल्लो पटक मात्रै एक हजार भन्दा धेरै नागरिकहरु डोल्पामा आएक छन ।