काठमाडौँ : प्रहरीमाथि हातपात गर्ने ४ जना चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ ।
घर फिर्तीको माग गर्दै सिँहदरबार अगाडि धर्ना दिन आएका ४७ जना चिनियाँ नागरिकले डिएसपी हरी बहादुर बस्नेतसहित अन्य ५ जना प्रहरीमाथि हातपात गरेका थिए ।
हातपात गर्ने ४ जनालाई मुलुकी अपराध संहिता ऐन २०७४को अभद्र व्यवहार कसुरमा मुद्दा चलाएर बाँकी ४३ जनालाई रिहा गर्न लागिएको काठमाडौँ प्रहरीले जनाएको छ ।
प्रदर्शनमा उत्रिएका ४३ चिनियाँलाई रिहा गरिने र बाँकी ४ जनालाई महानगरी प्रहरी परिसर सिंहदरबारको हिरासतमा पठाइने अधिकारीले बताएका छन् ।