ठुलीभेरि नगरपालिकाका सबै नाका शनिबारबाट अनिश्चितकालका लागि शिल

जैतुन अनलाइन | 2020-05-08

दुनै : ठुलीभेरी नगरपालिकाले शनिबारबाट नाका शिल गर्ने भएको छ । ठूलिभेरि नगरपालिकाकाे बिपद व्यवस्थापन समितीकाे बैठकले आफ्नो नगरपालिकाको सबै नाकाहरु पूर्णरुपमा शिल गर्ने भएको वडा नम्बर ९ का अध्यक्ष बिरमलकुमार भण्डारीले जानकारी दिए । छिमेकी नगरपालिका त्रिपूरा सुन्दरी नगुरपालिका ७ को कस्तुरी आधारभुत बिद्यालयमा क्वारेन्टिनमा बसेका ६४ बर्षिय पूरुषमा आरडिटि परिक्षण गर्दा पोजेटिभ देखिएपछि ठुलीभेरी नगरपालिकाले नाका शिल गर्ने निर्णय गरेको वडा अध्यक्ष भण्डारीले जानकारी दिए ।

शनिबार बिहान देखी नगरपालिकाका सबै नाकाहरुमा सुरक्षाकर्मि स्वास्थ्यकर्मि र सम्बन्धीत वडाका वडा अध्यक्षले खटाएका स्वयम सेवकहरुले नाकामा बसेर नाका शिल गर्ने नगर प्रमुख गणेशबहादुर शाहीले जानकारी दिए । उनले भने कडाइ गरिने छ त्यो समयमा जो सुकै नागरिकलाइ पिडा हुन सक्छ तर हामीले गरेको नाका शिलले नागरिक नै सुरिक्षत हुनेछन ।

ठुलिभेरी नगरपालिकाले शनिबार २७ गते बिहान देखि नगरपालिकाको ठूलिभेरि ९ काे भेत्ति र माेतिपूरकाे झाेलुङगे पुल, वडा नं ३ काे जगत पुल, वडा नं १० काे सुलिगार्डमा बिशेष सुरक्षाका साथ नाका शिल गर्ने भएको वडा अध्यक्ष बिरमलकुमार भण्डारीले जानकारी दिए । उनले भने बहानामा कोहि कसैले छुट्कारा पाउने छैन बिरामी बाहेक अरु सबैलाइ नाका ताेडे कारवाही हुन्छ ।

नगरपालिकाको बिपत ब्यवस्थापन समितिको बैठकले नागरिकलाइ घरमा बस्न र बन्दावन्दीकाे पूर्ण रुपमा पालना गर्न अनुरोध गरेको छ । केहि दिन घरमा बसेर सुरक्षित रहनुका साथै खानकाे लागि कठिन भए वडा अध्यक्षहरुसँग समन्वय गर्न समेत नगरपालिकाले नागरिकलाइ आग्रह गरेको हाे ।