दुनै : डोल्पामा आरडिटि परिक्षण गर्दा एक जनाको रिपोट भोजेटिभ आएको छ । त्रिपूरा सुन्दरी नगुरपालिका ७ को कस्तुरी आधारभुत बिद्यालयमा क्वारेन्टिनमा बसेका ६४ बर्षिय पूरुषमा आरडिटि परिक्षण गर्दा पोजेटिभ देखिएको हो । क्वारेन्टिनमा ३६ जनाको परिक्षण गर्दा उनको परिक्षण पोजेटिभ आएपछि उक्त क्वारेन्टिनमा रहेका ३६ जना सबै उच्च सुरक्षाका साथ राखिएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए ।
प्रजिअ सुनारका अनुसार सँकशापद हो तर प्रमाणित भएको छैन डराउन र हत्तोसाहित हुने अबस्था भने छैन तर सबै सजक हुन जरुरी छ । उनको थप परिक्षणको लागि जिल्लाबाट डाक्टर रमेश रोक्का सहित ल्याबको टोली हिडेको र जिल्ला अस्पतालमा रहेको आरडिटि किडले पनि परिक्षण गरिने प्रजिअ सुनारले जानकारी दिए ।
स्वास्थ्यकर्मिको टोलीले परिक्षणका क्रममा पोजेटिभ देखाएकोले उनको स्वाब भोली नै प्रदेशबाट हेलीकप्टरबाट पिसिआर परिक्षणको लागि लैजाने प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए । सरकारले नागरिक उद्धार क्रममा डोल्पाका स्थानीयतहले नागरिक ल्याउने क्रममा उनि पनि डोल्पा आएका थिए । आउने बित्तिकै उनि क्वारेन्टिनमा बसेका थिए । उनको आरडिटि रिपोट पोजेटिभ आएपनि उनिमा अरु कुनै पनि लक्षण देखिएको भने नभएको स्वास्थ्यकर्मिले जानकारी दिएका छन ।
आरडिटि परिक्षणको रिपोट भोजेटिभ आएसँगै जिल्लामा सुरक्षा कडाइ गरिएको छ भने आधिकारीक रिपोट जिल्लाबाट गएको डाक्टरको टोलीले दिने र उनको स्वाव पिसिआर परिक्षणका लागि सुर्खेत पठाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी सुनारले बताए ।
आरडिटि रिपोट भोजेटिभ आएसँगै नागरिकहरु त्रसित भएका छन । तर जिल्ला प्रशासन र स्वास्थ्यकर्मिले सजक रहन तर नआत्तिन आग्रह गरेका छन । उनि नेपालगञ्जमा केहि महिना बसेर डोल्पा आएका हुन । हाल डोल्पामा ७ सय भन्दा धेरै क्वारेन्टिनमा रहेका छन । तर स्थानीय सरकारले ल्याएको आरडिटि किड बिश्वा स्वास्थ्य सँगठनबाट प्रमाणित हो कि हैन भन्ने कुरा भने यकिन भएको छैन ।