बुद्ध जयन्तीमा दिप प्रज्वलन कार्यालयदेखी क्वारेन्टिन सम्म (फोटोफिचर)

जैतुन अनलाइन | 2020-05-07

दुनै : २५६४औँ बुद्ध जयन्तीका अवसरमा बिहीबार डोल्पामा पनि दिप प्रज्वलन गरेर मनाइएको छ । सरकारी कार्यालयमा र क्वारेन्टिनमा दिप प्रज्वलन गरेर भगवान गौतम बुद्धलाइ सम्झीदै शान्ती,सुख मिलोस भनि बुद्धलाइ सम्झीएका छन । २५६४औँ बुद्ध जयन्तीका अवसरमा डोल्पा सदरमुकाम दुनैमा क्वारेन्टिमा रहेका नागरिकले समेत शान्तिको कामना गर्दै दिप प्रज्वलन गरेका हुन ।

बुद्ध जयन्ती र कोरोना भाइरस विरुद्ध लडिरहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी लगायतको सम्मानस्वरुप दीप प्रज्वलन गर्न सरकारले बुधवार गरेको निर्णयअनुसार नै आज साँझ दीप प्रज्वलन गरिएको हो । कोरोना भाइरसले देश ४५ दिनदेखी लकडाउनमा रहेको छ भने आगामी जेष्ट ५ गते सम्म नेपालमा लकडाउन लगाइएको छ । नागरिकले शान्ती सुख मिलोस भन्दै बुद्ध जयन्तीकै दिन दिप प्रज्वलन गरेर भगवान सम्झीएका छन । यतिबेला डोल्पामा मात्रै ७ सय भन्दा धेरै नागरिक क्वारेन्टिनमा बसी रहेका छन भने कुनैपनि नागरिक आइशोलेसनमा भने छैनन ।

सरकारले सबै नागरिकहरूलाई दीप प्रज्वलन गर्न आह्वान समेत गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारका उच्चपदस्थ अधिकारीहरूले प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ दीप प्रज्वलन गर्नुभएको छ ।