बिपन्न परिवारलाइ राहात बाड्दै मुड्केचुला गाउपालिका

जैतुन अनलाइन | 2020-05-07

लेख बुढा/दुनै :  डाेल्पाकाे मुड्केचुला गाउपालीकाले गाउपालीका भित्रका अतिविपन्न घर परिवारलाई राहात वितरणकाे काम सूरु गरेकाे छ । महामारीकाे रुपमा फैलिएकाे काेराेना भाईरस काेभिड -१९ का कारण अहिले देश ४५ दिन देखी लकडाउनमा रहेकाे छ । ईतिहासमै सबै भन्दा लामाे समय सम्म लकडाउन भएपछि मुड्केचुला गाँउपालिकाले आफ्ना स्थानीयतह भित्रका अति बिपन्न परिवारलाइ राहात बितरण गरेकाे हाे । दैनिक ज्याल मज्दुरी गरेर परिवार पाल्ने गाँउपालिका भित्रका अति विपन्न वर्गका घर परिवारलाई राहात वितरण सुरु गरेकाे गाउपालीका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनु भयाे ।

गाँउपालिकाले आधिकारीक रुपमा पहिलाे चरणमा गाँउपालिकाका वडा नं १ ,२ र ३ का वडा कार्यलयहरुले अति विपन्न वर्गका नागरिकहरुकाे तथ्याङ्क संकलन गरि खाधन्न बस्तुहरु वितरण गरेको वडा नं १ का वडा अध्यक्ष भानुभक्त बाेहाेराले जानकारी दिनु भयाे । बाेहाेराले भन्नु भयाे अहिले नै सबै परिवारलाइ राहात दिनुपर्ने अबस्था आएको छैन हामीले अति बिपन्न परिवारबाट सूरु गरेका छौ  सबैलाइ दिनुपर्ने अबस्था आए पछि बितरण गरौला ।

राहात वितरण गर्दा वडाका सबै जात लिङ्का अतिविपन्न वर्गका घरपरिवारले पाएको गाँउपालिका अध्यक्ष शाहीले बताउनु भयाे । अध्यक्ष शाहीले भन्नुभयो याे राजनिति गर्ने बेला हैन बिपतकाे बेलामा सबै समान हुन्छन कोही नजिक र पराइ हुदैन काेही नागरिक भोकै बस्ने अबस्था आउनै छैन गाँउपालिकाको राहात ब्यवस्थापन कार्यबिधि अनुसार समान बितरण हुन्छ ।

राहात बितरण टोलिका अनुसार एक घरमा तीन जना परिवार संख्या छन भने ३० केजि चामल, तेल,सावुन र तीन जना भन्दा वढि परिवार भएमा  प्रतिव्यक्ती ८ केजि का दर ले राहात वितरण भैरहेकाे जनाएको छ। सकालिकाका ३ वटा वडामा बितरणको काम सकिए पछि  नर्कु र सर्मिका बाँकी वडामा राहात वितरण गरिने गाँउपालिका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयाे । मुल्याङकन गरेर विपन्न परिवारलाई पनि राहात वितरण गरिएको छ र अन्तिम सम्म पनि यहि अनुसार बितरण हुनेछ शाहीकाे दावी छ ।

मुड्केचुला गाँउपालिकामा पहिलाे चरणमा वडा नं १-३ सम्म साविकाे कालिका गाविसमा गाउपालिका का अध्यक्ष दत्त बहादुर शाही वडा अध्यक्षहरु भानुभक्त बाेहाेरा,धन बहादुर सार्की,बिष्णु बुढाले खाधन्न तथा अन्य दैनिक उपभोग्य बस्तुह वितरण गरेकाे स्थानिय युवा रमेश बुढा थाेकिले जानकारि दिनुभयाे । मुड्केचुला गाँउकार्यपालिकाले काेरोना रोकथामकै लागि भनेर २७ लाखको राहात काेष स्थापना गरेको छ भने जिल्ला बाहिर रहेका आफ्ना नागरिकलाइ पहिलो चरणमा ३ हजार पुन ५ हजार नगद पठाई बिपत्तीबाट जोगिन नगद राहात प्रदान गरि रहेको छ ।