चैत्र महिनामा ल्याएको बोईलर बेच्दै पसले
दुनै : डोल्पाको एक मासु पसलमा जिल्ला प्रशासन कार्यालयले छापा हानेको छ । प्रमुख जिल्ला अधिकारी सुरेस सुनार आफैले मासु पसलमा छापा हानेर महिनौ दिन पहिलाको बोईलर कुखुराको मासु नष््ट गरेका छन । ठुलीभेरी नगरपालिका ३ पर्ने जिल्ला सदरमुकाम दुनैको बजारमा मासु बेच्दै आएका पिन्टु गुप्ताको पसलमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले अनुगमन गरि मासुको फ्रिज शिल गरेका हुन ।
चैत्रको पहिलो साता नेपालगञ्जबाट जहाजमा ल्याएको बाईलर कुखुराको मासु फ्रिजमा राखेर लुकाई छिपाइ बिक्रि गरेको भन्ने सुचनाका आधारमा प्रहरीको टोली लगेर मासु पसल शिल गरेको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए । प्रजिअ सुनारका अनुसार पिन्टु गुप्ता भागेको तर उनको मासु बिक्रि गर्ने अुनमति पत्र खारेज गरि कनुनी कारवाही गरिने बताए । उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेकोले हदै सम्मको कारवाही हुनुका साथै उनको किराना पसलबाट अरु खाद्य तथा पेय पदार्थहरु पनि म्याद गुज्रिएका भेटिएकोले बरामत गरि नष््ट गर्नुका साथै कारवाही गर्ने जानकारी दिए ।
दुनै बजारमा मासुको अभाब भएको बेलामा झण्डै दुई महिना पहिलाको बोईलर बेचेपछि पिन्टु गुप्ता प्रशासनको छड्के अनुगमनमा परेका हनु । उनले बर्षौ देखी म्याद गुज्रिएका खाद्य तथा पेय पदार्थ बिक्रि गर्ने गरेको र मासु पनि भेरीमा हालेको बिक्रि गर्ने गरेको उपभोक्ताको आरोप रहेको छ । लकडाउनको बेलमा गलत नियतले स्वास्थ्यमा खेलावड गरेकोले कारवाही गरिने उनको मासु बिक्री गर्ने अनुमति पत्र खारेज गरिने पशु सेवा कार्यालयका प्रमुख चन्द्रलाल धरालाले जानकारी दिए ।
हामीले बारम्बार नियम बिपरित नगर भनेर सुझाब दिएका हौ मानेन कारवाहीको भागी बन्नु पर्यो सबैले उपभोक्ताको हितबिपरीत बिक्रि बितरण नगर्न आग्रह गरेको डोल्पा उद्योग बाणिज्य सँघका अध्यक्ष लालिमान बुढाले बताए । डोल्पामा यस भन्दा पहिला अनुगमन गरेपनि प्रमुख जिल्ला अधिकारी आफै बजार गएर पसल सिल गरेको यो पहिलो घटना हो । प्रमुख जिल्ला अधिकारीले अनुगमन गरेर मासु पसल शिल गरेसँगै बजराका अन्य पसलेहरु समेत त्रसित भएका छन ।