जगदुल्लामा ग्यास लिकहुदा एकघरमा आगालागी गाँउमा ठुलो क्षतिहुनबाट जाेगियो

जैतुन अनलाइन | 2020-05-03

दुनै :  डोल्पामा ग्यास लिक भएर आगलागी हुदा एक घर पूर्ण रुपमा क्षेति भएको छ भने गाँउ जोगीएको छ । जगदुल्ला गाँउपालिका ६ झयाँकोटमा ग्यास लिक भएर आगालगि हुदा घर जलेकाे हो । जगदुल्ला गाँउपालिका वडा नम्बर ६ का मनलाल ऐडिको घरमा प्रयोगमा राखिएको ग्यास लिक भई आगलागी भएको र निभाउने क्रममा ग्यासको सिलिण्डर पड्केर पूरै घर जलेर खरानी भएको खगेन्द्र ऐडिले जानकारी दिए ।
तिनतलाको घर पूर्णरुपमा जलेर खरानी भएको छ । घरमा भएको अन्न,खाद्यान्न,लत्ताकपडा र अन्य धनमाल पूरै नष्ट भएकाछन भने मानवीय क्षति भने नभएको आगी निभाउने क्रममा दुइृजना सामान्य घाईते भएको गाँउपालिकाका अध्यक्ष नारासिँह रोकायाले बताए ।
आगलागी भएको थाहा पाउने बित्तिकै स्थानीय,प्रहरी,जनप्रतिनिधिहरुले आगो नियन्त्रणमा लियौ तर घर त खरानी भयो गाँउमा आगो फैलनाबाट जोगियो प्रमुख प्रशासकिय अधिकृत केशबराज जैसिले जानकारी दिए ।  जैसिले भने सबै खरानी भएको छ करिव ३० लाख भन्दा धेरैको क्षेति छ अहिले गाँउपालिकाले पालहरु दिएर पिडितहरु बस्ने सम्म भएको छ निकै ठुलो दुखद घटना घटेको छ । दिउसो १२ बजेतिर घरमा आगोलागि भएको थियो आगी नियन्त्रणमा आयो नत्र गाँउनै सखाप हुनेिथयाे जैसिले बताए ।
जगदुल्ला गाँउपालिकाले आफनो गाँउपालिकाको ६ वटै वडाका नागरिकलाइ अनुदानमा दुईबर्ष पहिलानै ग्यास बितरण गरेर नागरिकले प्रयोग गर्दै आइृ रहेका छन । हावाहुरी चल्ने बैशाखको खडेरीको बेलामा ग्यासकै कारण ठुलो क्षति भएको छ । पिडीत परिवारलाइ तत्तकाल बस्नको लागि ब्यवस्था गरिएकाे तर अरु नागरिकलाइ पनि सुरक्षित रहन गाँउपालिका अध्यक्ष नारासिँह रोकायाले आग्रह गरेको बताए । जगदुल्ला गाँउपालिकामा आगलागि भएको सबैभन्दा ठुलो घछना भएको र आगो निभाउन वडा नम्बर ३,५ र ६ का सबै नागरिक पुगेर निभएपछि नियन्त्रणमा आएको गाँउपालिकाले जानकारी दिएको छ ।