कविता
उनी सुन्न सक्दैनिन
उनी बोल्न सक्दैनिन
किन जीस्क्याउछौ उन्लाई
उनि पिडा पनि सहन सक्दैनिन ।
न त घर छ न त परिवार उनको
राजा चोक नै उनको साहारा
खुसी लाग्यो बर्षौ पछि
पाउनु भएछ आहारा ।
बाटामा फालिएका चुरोटको ठुटा समाउदै
चाउचाउ दीन्छु भन्दा ईसारामा चुरोट नै किनिदिनु भन्छीन
भोक के , तीर्खा के, सबैको दैलो पुग्ने उनि
थाहा छैन कहिले सम्म बाच्छिन ।
बिहानी भयो या भयन भनि
उनलाई खोल्नु पर्दैन पर्दा
पुन्य कमाउने छाै सबैले
हितकारी मनले उनलाई सहयोग गर्दा ।