डिभिजन बनले पनि लगायो यार्सागुम्बा सँकलनमा रोक (निर्णय सहित)

जैतुन अनलाइन | २० बैशाख २०७७, शनिबार

“संकलन र छुट पूर्जिमा समेत रोक”

दुनै : डोल्पामा सबै निकायले पहिलो पटक यार्सागुम्बा सँकलनमा रोक लगाएका छन । करिब २० बर्ष भन्दा धेरै पहिलाबाट सँकलन गर्दै आएको यार्सागुम्बा सँकलनमा डिभिजन बन कार्यालयले पनि रोक लगाइएको छ ।
महामारिको रुपममा फैलिएको कोरोना भाईरस कोभिड–१९ बाट नागरिक बचाउन भन्दै डिभिजन बन कार्यालयले शनिबार आधिकारीक निर्णय गरेर यार्सागुम्बा सँकलनमा रोक लगाएको हो । अघिल्ला बर्षहरुमा बनका सामुदायिक बनहरुमा यार्सागुम्बा सँकलनका लागि अनुमति दिने गरिएको भएपनि यो बर्ष कोरोना भाइरसको जोखिम र सरकारले गरेको लकडाउनको पालना गर्दै डिभिजन बन कार्यालय डोल्पाले पनि आधिकारीक रुपमा संकलनमा रोक लगाएको डिजिन प्रमुख जितेन्द्र महतले जानकारी दिए ।

उनका अनुसार यार्सागुम्बा सँकलनका लागि पाटन खुला गरे कोरोना भाइरसका कारण डोल्पाका नागरिक समेत उच्च जोखिममा पर्नुका साथै यार्सा सँकलनका लागि एकैपटक दशौँ हजार मानिस जिल्लामा प्रबेश गर्ने भएकोले ठुलो बिपत्ती आउने भन्दै जिल्ला बिपत ब्यवस्थापनको निर्णय अनुसार नै डिभिजन बनले रोक लगाएको बताए । यार्सागुम्बा संकलनमा मात्रै नभएर अन्यत्र लिनको लागि संकलन ईजात समेत नदिने निर्णय भएको महतले जानकारी दिए । डिभिजन बन कार्यालय अन्तरगतका बिस भन्दा धेरै सामुदायिक बनका तिन दर्जन भन्दा धेरै पाटनहरुमा यार्सागुम्बा पाउने गर्दछन । ति सबै क्षेत्रका पाटनहरुका नाकाहरुमा सामुदायिक बन र स्थानीय सरकारसँगको सहकार्यमा सुरक्षाकर्मि राखेर पहरा दिई पाटनमा यार्सागुम्बा संकलन गर्न रोक लगाउने बनले निर्णय गरेको महतले जानकारी दिए ।

निर्णयहरु : 


जिल्लामा यार्सागुम्बा पाउने बनहरुको करिब ७० प्रतिशत पाटन शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा र बाकि पाटन डिभिजन बन कार्यालय अन्तरगत रहेको छन । बन र निकुञ्ज क्षेत्रमा मात्रै गरेर हरेक बर्ष सरदर ४० हजार भन्दा धेरै मानिसहरु यार्सागुम्बा सँकलनमा जाने गरेका थिए ।
छिमेकी जिल्ला रुकुम,जाजरकोट,सल्यान,सुर्खेत,जुम्लाबाट हरेक बर्ष यार्सागुम्बा टिप्न आउने र आम्दानीको स्रोत बनाउन गरेको भएपनि यस बर्ष भने स)कलनमा रोक लगाएसँगै धेरैको अािर्थक अबस्था नाजुक हुने अनुमान गरिएको छ । हरेक बर्ष यार्सागुम्बाबाट करोडौ राजश्व संकलन गर्ने डिभिजन बन कार्यालय र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको भने यस बर्ष राजश्व आम्दानी शुन्य हुने भएको छ । स्थानीयले मात्रै हरेक बर्ष यार्सागुम्बा संकलन गरेर लाखौ पैसा कमाउने गर्दथे । डोल्पा जिल्लामा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन बन कार्यालय अन्तरगतका दुई किसिमका बनहरु रहेका छन ।