बेवारिसे महिलालाइ नगरपालिकाको खाधान्न राहात

जैतुन अनलाइन | 2020-05-01

लेख बुढा /डाेल्पा : याे दृश्य हाे डाेल्पाकाे सदरमुकाम दुनैकाे बिरेन्द्र राजा चाेक, विगत लामाे समय देखि यस ठाउमा बस्दै अाईरहेकी बेवारिसे एक महिलाले शुक्रवार एक बाेरा चामल,एक पाेका तेल,एक पाेका नुन र सावुन पाईन । ठुलिभेरी नगरपालीका वडा नं ३ दुनैले राहात वितरण गर्ने क्रममा चामल,नुन,तेल र सावुन ठुलिभेरी नगरपालीका नासु तथा काेभिड-१९ काे सुचना अधिकारी दिलु केसी र स्वस्थ कर्मि सम्झना महताराले उक्त बेवारिसे महिलालाई उनी बस्ने ठाउमा लिईएर दिईकी हुन। खानालाई गाँस बस्नालाई बाँस नभएकालाई राहतमा प्रथामिक्ता दिनु पर्ने भएकाेले यतै ल्याईदिएकाे दिलु केसीले बताईन । उक्त महिलालाई बाेल्न,सुन्न अाउदैन साथै उनकाे स्मरण शक्ति कम भएकाेले कति ब्यला के गर्ने थाहा छैन तर उक्त सामाग्री बुझाउदै राम्राे संग पकाएर खानु भन्दै दिलु केसीले संकेतिक भाषामा कुरा गरिन ।

विगत लामाे समय देखि सदरमुकाम दुनैकाे विरेन्द्र चाेकमा अरुले फालेका फाल्तु टालाटुलिहरु जम्मा गरेरर यस ठाउमा वस्दै अाईरहेकि छिन । कहिले काहीँ साना भाडा ढुङ्गाकाे डिङकिल मा राखेर धुवा अाउछ । यिनलाइ बजारमा माेतिपुरेकी लाटी भनेर सबैले चिन्छन तर यिनकाे वास्तविक नाम,ठेगाना कहाँ हाे भन्ने थाहा कसैलाई छैन । यी बेवारिसे महिलाले लामाे समय देखि अरुले फालेकाे जुठाे खाना,सडेगलेका खानाहरु खादै अाई रहेकि छिन ।

सायद शुक्रवार दिएकाे खाधान्न सामान उनकाे लागि धेरै बर्ष पछि धेरै पाएकाे हुन सक्छ । नजिकै जिल्ला प्रहरी,जिल्ला प्रशासन कार्यलय छन,जिल्लामा महिला संबन्धी काम गर्ने संघसस्थाहरु छन,धेरै धनिमानि मान्छेहरु छन तर उनलाई हेर्छन हास्छन कसैले त जिस्काउछन अनि जान्छन !मान्छेहरु साेच्दैनन कि उ पनि हामी जस्तेै मान्छे हाे, हाम्लाई जस्तै पीडा उस्लाई पनि भा हाेला,साेच्दैनन कि उस्लाई पनि बाध्यताले स्मरण शक्ति गुमेकाे हुन सक्छ, यदि उ धनिमानि मान्छे भैदिएकाे भए सबै पाउ पर्थे हाेला तर पाउमा फालि दिन्छन । उक्त बेवारिसे महिला दुनै बजारकाे बिरेन्द्र चाेकमा बस्दै अाएकाे बर्षाै भयाे तर उनलाई अाज सम्म कुनै ठाउँ व्यवस्थापन गर्नु पर्छ भन्ने कुनै पनि देखिएकाे छैनन ।