दुनै : बिश्व श्रमिक दिवसकै दिन श्रमिकहरुलाई राहात बितरणमा बिभेद गरिएको छ । ठुलीभेरि नगरपालिका वडा नम्बर ३ मा १७२ घरधुरीलाइ राहात बितरणका क्रममा श्रमिक नै बिभेदमा परेका हुन । नगरपालिकाको कार्यपालिकाको बैठकले नगरपालिका भित्र र बाहिर फकर गरेर राहात बितरण गर्नुपर्ने निणर्य गरेपछि वडा नम्बर ३ मा राहात बितरणका क्रममा १२२ घरपरिवार श्रमिक मारमा परेका हुन ।
नगर कार्यापालिकाको निर्णय बिभेद कारी भएको भन्दै ज्याला मजुदरी गरेर बसेका १२२ परिवारले दुख ब्यक्त गरेका छन । बाहिर जिल्लाबाट आएर दुनैमा बसोवास गरेका मजुदरले १५ किलो चामल,एक पाकेट नुन,एक पाकेट खानेतेल र एक साबुन पाएको वडा अध्यक्ष अर्णबहादुर न्यौपानेले जानकारी दिए ।
श्रम गरेर बाचेका छौ सरकारले दिने राहातमा किन बिभेद गरियो बरु नदिएकै जाति अखिल नेपाल ट्रेडयुनियन महासँघ डोल्पाका अध्यक्ष प्रेमलाल जैसिले आपत्ती जनाए । उनले भने दिनुनै पर्ने थियो भने कि समान दिनेपर्यो कि त परिवार सँख्याका आधारमा दिनुर्यो मजुदर गर्नेलाइ किन बिभेद गरियो । ठुलीभेरी नगरपालिका वडा नम्बर ३ मा वडा भित्रका न्युन आयस्तर गरेको ५० घरधुरी र ज्याला मजदुरी गरेर दुनैमा बस्दै आएका १२२ घरपरिवारलाइ राहात बितरण गरेको छ । बितरणका क्रममा वडा भित्रका घरपरिवारले भने ३० किलो चामल,दुई पाकेट नुन,दई पाकेट खानेतेल र दुई चक्की साबुन पाएका छन । हामीलाइ बिभेद गर्न रहर हैन नगर कार्यपालिकाको निर्णयले नै बाहिरकालाइ १५ किलो दिने निर्णय गरेकोले सोहि निर्णय अनुसार हामीले कार्यान्वयन गरेर बितरण गरेको वडा अध्यक्ष न्यौपानेले बताए ।
राहात बितरण तथा ब्यवस्थापन कार्यबिधि बनाएर कार्यपालिकाको बैठकबाट पास गराएको ठुलीभेरी नगरपालिकाले बिभेद नगरेको तर प्याकेजमा ज्याला मजदुरी गरेर खाने नागरिकलाइ राहात दिने गरि कम दिएको नगरप्रमुख गणेशबहादुर शाहीले जानकारी दिए ।
प्रमुख शाहीले भने बिभेध भन्न मिल्दैन हामीले वडालाइ पहिचान गरि परिवारको सँख्याका आधारमा प्यकेजमा दिने भनेर यो निर्णय गरेका छौ भोकै कोही मर्न दिन्नौ तर स्थानीयले प्राथमिकता भने पाउनु पर्छ । परिवार सँख्याका आधारमा नभइ घरधुरीका आधारमा राहात बितरण गर्दा सबै क्षेत्रबाट नगरपालिकाको निर्णय बिभेद कारि भएको भनेर बिरोध भैरहेको छ । बहिर जिल्लाका ज्याला मजदुरी गरेर खाने सबैभन्दा धेरै नगरपालिकाको ३ नम्बर वडामा रहेका छन । नगरपालिकाले बितरण गरेको राहातबाट भने ज्याला मजदुरी गरेर दैनिकी चलाएका घरपरिवारलाइ भने निकै ठुलो राहात पुगेको छ । नगरपालिकाको वडा नम्बर १,२,३ र ४ का घरपरिवारलाइ किडार्क नेपालले पचास हजार बरारबरको साबुन हस्तान्त्रण गरेको छ ।