स्वयंसेविकाद्वारा क्वारेन्टाइनमा बसेकाहरुलाई नास्ता (मनकारी मन)

जैतुन अनलाइन | 2020-04-30

विष्णुप्रसाद देवकाेटा/त्रिपूराकोट : त्रिपुरासुन्दरी नगरपालिकाकी एक महिला स्वास्थ स्वयं सेविकाले क्वारेन्टाइनमा बसेकाहरुलाई नास्ता खुवाएकी छन ।त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुरा माद्यामिक विद्यालय काटिंयाचाैरमा स्थापना गरिएकाे क्वारेन्टाइनमा बसेका ३६ जनालाई मनकारी स्वास्थ्य स्वयंसेविका दुर्गादेवी न्याैपानेले एक दिनका लागि पुरी र तरकारी सहितकाे नास्ता खुवाएकी हुन ।देशनै काेराेना भाइरसकाे महामारीले संकटमा गुर्जिरहेकाे बेला काठमाडौं नेपालगन्ज पाेखरा र सुर्खेत लगायतका ठाउँहरुवाट उद्दार गरेर क्वारेन्टाइनमा राखिएका ३६ जना र मस्टाभवानी अाधारभुत विद्यालयमा रहेका १६ गरि ५२ जनालाई केही रुपमा राहत हाेस भनेर मानवीयताकाे अाभास जागृत गर्न नास्ता खुवाएकाे स्वयंसेविका न्याैपानेले बताईन ।क्वारेन्टाइनमा राखिएका सन्ताेष सार्कीले एक स्वयंसेविकाले अाफ्नाे दिलबाटै सहयाेग गर्न चाहेर अाफु जस्तै तिन चार दिनकाे भाेकभाेकै गाडि यात्रा गरेर अाएका विपतमा परेका नागरिकलाई नास्ता खुवाएर ठुलाे पाठ सिकाएकाे बताए ।त्रिपुरासुन्दरी नगरपालिका १ का वडाअध्यक्ष कर्मसि थापाले स्वास्थ्य स्वयंसेविकाले निश्वार्थरुपमा गरेकाे सहयाेगले नेपालीमा जस्ताेसुकै संकटमा पनि मानिसहरुमा सहयाेगी भावना हुदाे रहेछ भन्ने प्रस्ट्याएकाे बताए ।