कृषिकै कर्मचारीले भने के का बिरुवा हुन (प्याकिङ्) छैन चिन्न सकेनौ

जैतुन अनलाइन | 2020-04-29

लेख बुढा/डाेल्पा : बुधबार तारा यएरको ट्वीनअटर जहाजबाट चार्टर गरेर १५ हजार ओखरका बिरुवा डोल्पा ल्यायो । उक्त च्याङ्लर जातको ओखरका बिरुवा कृषिकै कर्मचारीले भने कुन बिरुवा हो याे हामीले चिनेनाै ओखरकाे भए त प्याकिङ  हुनुपर्नने भन्दै अनबिज्ञता प्रकट गरे । कृषि बिकास कार्यालय अन्तरगतकै बागवाणि बिकास केन्द्र जुफालका बागवाणि बिकास अधिकर्तले जुफाल बिमानस्थलमा ल्याएका ओखरका बिरुवा चिनेनौ ओखरका बिरुवा त चिस्यानको लागि प्याकिङ् गरेको हुन्छ भन्दै सामाजिक सञ्जालमा  बिरोध गर्नु भएको छ।।

 

दाजुभाई जडीबुटि तथा फलफुल र्नसरी प्रा.लि. जुम्लाले टर्किबाट च्याङलर जातको ओखर खरिद गरेर डोल्पाको ओखर पकेट क्षेत्रमा लगाउनको लागि ओखरका बिरुवा ल्याईएको हाे । डोल्पाको जगदुल्ला गाँउपालिका,मुड्केचुला गाँउपालिका,त्रिपूरासुन्दरी नगरपालिका,ठुलीभेरी नगरपालिका र काईके गाँउपालिकामा यो च्याङलर जातको ओखरका बिरुवा उपभोक्ता समुह मार्फत ओखर पकेट क्षेत्रमा लगाइने जनाईएकाे छ । यति धेरै महङ्गा अाेखरका बिरुवा खरिद गर्दा नै प्याकिङ गरेर ल्याउनु पर्ने स्थानिय कृषकहरुले बताएका छन । प्याकिङ गरेर ल्याईएकाे भए यी वरुवा असार महिनामा पनि कृषकहरुले लगाउन सक्ने तर खुल्ला तरिकाले बिरुवा ल्याउदा केही विरुवा भने क्षेति हुने बागवाणी विकास केन्द्र जुफाल डाेल्पाका प्रमुख सम्पती बुढाले बताउनु भयाे ।

किसानहरुकाे समुहले प्रति बिरुवा ७५० का दरले किन्ने भनिएकाे तर बिरुवा ल्याउदा जडिबुटि अाेसारपसार गरे झै गरेर ल्याईएकाे भन्दै डाेल्पाका कानुन व्यवसायी अाेमेन्द्र केसीले असन्तुष्टी जनाउनु भएकाे छ । यति मँहङगा अाेखरका बिरुवा किसानका लागि ल्याईयाे तर ढुवानी गर्दा कार्यलयले लाफरवाही गरेकाे पनि केसी बताउनु भयाे । बिरुवा खरिद गर्दा टर्कि बाटै सिधै पानी जहाजमा अाईसमा राखेर ल्याईएकाे कृषि विकास कार्यलय डाेल्पाका प्रमुख भिम बहादुर धरालाले बताउनु भयाे । धरालाले भन्नू भयाे” टर्कि बाटै विरुवाहरु मुठा बनाएर पठाएकाेले हामीले अाउदाअाउदै जहाज चाटर गरेर डाेल्पा ल्याईएकाे हाे । बिरुवा खरिद गर्दा रकम भुक्तानी नगरेकाेले बिरुवा हेरेर राम्राे बिरुवा कृर्षकलाई दिने र सडेका विरुवाकाे मुल्या कटाएर भुक्तानी गरिने पनि प्रमुख धरालाले बताउनु भयाे । बिरुवा टर्किबाटै सिधै अाएकाेले कृर्षकहरुलाई चिन्तित नहुन धरालाले अाग्रह गर्नु भएकाे छ ।

 

प्रधानमन्त्री आधुकिकरण कृषि परियोजनाको ब्लक फलफुल पकेट क्षेत्र कार्याक्रम र कर्णाली प्रदेश भुमी तथा कृषि सहकारी मन्त्रालयको कार्यक्रमको रकमबाट यि ओखरका बिरुवा खरिद गरेर ल्याइएको जिल्ला कृषि बिकास कार्यालय डोल्पाले जानकारी दिएको छ । निकै ढिला खरिद गरेर ल्याएका ओखरका बिरुवा भने सफल हुने या नहुनेमा कृषकहरु अनबिज्ञ रहेका छन । ठुलो लगानिमा आएका ओखरका बिरुवा पहिलो पटक डोल्पामा परिक्षण गरिदै छ । यस भन्दा पहिला जुम्लामा फलि सकेको छ । बरफ राखेर चिस्यान पारेर ल्याएको भनेपनि डोल्पाको बिमानस्थलमा भनेता पनि सुख्खा बिरुवा झारेको कृषकले गुनासाे गरेका हुन । टर्किबाट ल्याएको च्याङलर जातको ओखरले एकै बर्षमा फल दिने कृषि बिकास कार्यालय प्रमुख भिमबहादुर धरालाले भनाई छ ।