कुखुरा फर्ममा क्वारेन्टिन बस्दैनन क्वारेन्टनमा

जैतुन अनलाइन | 2020-04-28

लेख बुढा/दुनै : डोल्पाको एक स्थानीयतहले कुखुराको खोरमा क्वारेन्टिन बनाएको छ । जिल्लाको मुड्केचुला गाँउपालिकाले कुखुराको खोरमा क्वारेन्टिन बनाएर मानिसहरु राख्ने गरेको हो ।
रुमुम,जाजरकोट र डोल्पाको सिमानामा पर्ने त्रिबेणि भन्ने ठाँउमा कुखुरा पालन गर्दै आएको फर्ममा क्वारेन्टिन निर्माण गरेर जिल्ला बाहिरबाट आउने नागरिकलाइ राखेको भेटिएको छ ।
कुखुराको खोरमा बेड छैनन,कपडा पनि छैनन घाँस बिछयाएर त्यहि मार्थि कार्पेट राखिएको छ भने त्यहि ठाँउमा मुड्केचुलाका दुई दर्जन भन्दा धेरै बिद्यार्थिहरु र अन्य नागरिक क्वरेन्टिनमा राखिएको छ ।
गाँउपालिकामा क्वारेन्टिनहरु निर्माण भएका छन तर कुनैपनि क्वारेन्टिनहरु मापदण्ड भित्रका नभएको स्थानीयको आरोप छ । हरेक दिन काठमाण्डौ,नेपालगञ्ज,सुर्खेत लगायत बिभिन्न शहरबाट बिद्यार्थि र अन्य नागरिकहरु आउने गर्दछन तर क्वारेन्टिन नै कुखुराको खोरमा किन राखियो राज शाहीले आक्रोस पोखे ।
त्रिबेणि भन्ने ठाउमा एक स्थानीयले कुखुरा पालन गरि रहेको फर्ममा कुखुरा हटाएर स्थानीय सरकारले क्वारेन्टिन बनाएको थियो । बेड बिस्तार पनि छैन खान पनि राम्रो छैन कि घर जान देउ कि त ब्यवस्पथापन गर भन्दै बिद्यार्थिहरु अनुरोध गरि रहेका छन ।
केहि सामानहरु क्वारेन्टिनकै लागि भनेर ल्याएको तर कम्जोर खालको भएको वडा नम्बर १ का अध्यक्ष भानुभक्त बोहोराले बताए ।उनले भने मुड्केचुलाको सबै नाकाहरु निकै कडाइ गरिएको छ ।जगदुल्ला जाने नागरिकका लागि ईलमा हेल्पडेक्स राखेका छौ क्वारेन्टिन ब्यवस्थीत बनाउदैछौ एकै पटक धेरै मानिसहरु आएकोले कठिन भएको हो ।
गाँउपालिकाले नागरिकलाइ जो जहाँ छ त्यहि बस्नु र सबैको खातामा तिनहजारको दरले राहात नगद प्रदान गर्ने निर्णय गरेको थियो । सोहि अनुसार १३६ जनालाइ खातामा तिन हजार पठाएको र बाँकी फेरी पाचहजार पुर्याउने निर्णय भएको गाँउपालिका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।
अध्यक्ष शाहीले भने हामी बनाउदैछौ अन्य स्थानीयतहले नागरिक ल्याउदा हाम्रा पनि आए अब राम्रो हुन्छ । तर अध्यक्षकै कारण गाँउपालिकाका लेखापाल बिष्णु शाही गाँउपालिकामा पुगेका छन स्थानीय दिनेश सिँहले नागरिकलाइ द्रुब्यावहार गरेको आरोप लगाए ।
त्रिबेणिमा रहेको मु्डेकेचुला गाँउपालिकाको क्वारेन्टिन मापदण्ड बिपरीत रहेको र नागरिकहरु झनै असुरक्षित रहेको आरडिटी परिक्षणका लागि मुड्केचुला पुगेको चिकित्सकको टोलीले जानकारी दिएको छ । उनिहरु भन्छन क्वारेन्टिनमा कोहि बस्दैन बस्न मिल्ने पनि छैन सबै जोखिममा छन ।