विरामी महिलाकाे हेलिकप्टरबाट उद्वार

जैतुन अनलाइन | 2020-04-28

लेख बुढा/ दुनै : तीन दिन देखि विरामी ४३ बर्षिया महिलाकाे हेलिकप्टरबाट उद्धार गरिएकाे छ ।  डाेल्पाकाे शेफाेक्सुन्डाे गाउपालीका वडा नं ८ कि ४३ बर्षिया फुर्वा साङमु लामाकाे हेलिकप्टर द्वारा उद्वार गरिएकाे छ । तीन दिन अगाडि देखि शरीर सुन्नीएर सिकिस्त परेकि स्थानिय महिलाकाे  मंगलबार हेलिकप्टर मार्फत फोक्सुण्डोबाट सिधै  काठ्मान्डाै लगिएकाे हाे ।

लामाकाे स्वास्थ्य अबस्था निकै नाजुक हुदै गएपछि हेलिकप्टरबा६ उद्वार गरिएकाे जिल्ला प्रशासन कार्यलय डाेल्पाले जानकारी दिएकाे छ । वडामा भएकाे  सामुदायीक स्वास्थ चौकीमा  उपचार गर्दा निकाे नभए पछि हेलिकप्टरबाट काठमान्डाै लैजानुपर्ने बाध्यता आएकाे लामाकाे परिवारले जानकारी दिएकाे छ ।  परिवारका अनुसार उनकाे हाल काठमाण्डौमा उपचार भईरहेकाे र स्वास्थ्य अवस्था स्थीर रहेकाे जनाएकाे छ । हिमाली जिल्ला डाेल्पा भाैगाेलिक हिसावले धेरै ठुलाे र बिकट् भएका कारण समयमै अाैषधी र स्वस्थकर्मी विरामी भएकाे ठाउँ नपुग्दा कतिपय स्थानियहरुले अकालमै ज्यान गुमाउने गरेका छन । स्थानीय स्तरमा स्वास्थ्य सँस्थाहरु भरपर्दा नभएको कारणा समयमा नागिरकले उपचार पाउदैनन भने सानासाना राेगकाे उपचार गर्न पनि शहरमै जानुपर्ने बाध्यता रहेको छ ।