दुनै : डोल्पामा पहिलो पटक यार्सागुम्बा सँकलनमा रोक लगाइएको छ । करिब २० बर्ष भन्दा धेरै पहिलाबाट सँकलन गर्दै आएको यार्सागुम्बा सँकलनमा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले पनि रोक लगाइएको छ ।
कोरोना भाईरस कोभिड–१९ बाट बच्नको लागि भन्दै शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले आधिकारीक निर्णय र सुचना जारी गर्दै यार्सागुम्बा सँकलनमा रोक लगाएको हो ।
यार्सागुम्बा ब्यवस्थापन (सँकलन तथा ओसारपसार) निर्देशिका २०७३ बमोजिम सँकलन आदेश दिने गरिएको भएपनि यो बर्ष कोरोना भाइरसको जोखिम र सरकारले गरेको लकडाउनको पालना गर्दै निकुञ्ज र मध्यवर्ति क्षेत्रका बनमा यार्सागुम्बा सँकलनमा रोक लगाउने निर्णय गरेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका कायम मुकायम प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए ।
उनका अनुसार कोरोना भाइरसका कारण डोल्पा उच्च जोखिममा रहेको र यार्सा सँकलनका लागि अनुमति दिदा दशौँ हजार मानिस एकै पटक जिल्लामा आएर पाटनमा जाने हुँदा भाइरसले ठुलो रुप लिएर अनिष्ठ नै हुने भएकोले जिल्ला बिपत ब्यवस्थापनको निर्णय अनुसार निकुञ्जले पनि रोक लगाएको बताए ।
SPNP PDF सहित
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तथा १७ वटा मध्यवर्ति क्षेत्र उपभोक्ता समितिको निर्णयमा भनिएको छ तत्तकाल पहिचान भएका दश नाकामा सुरक्षाकर्मि र कर्मचारी परिचलान गर्ने र सबै क्षेत्रमा मध्यवर्ति,सामुदायिक बन,चोरीशिकारी यूनिट लगायत स्थानीय सरकारले समेत सहयोग गर्ने निर्णय गरेको छ ।
निर्णय र सार्वजानिक सुचना जारि गर्दागर्दै शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र मध्यवर्ति क्षेत्रका पाटनहरुमा यार्सागुम्बा सँकलन गर्न गएको अबस्थामा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु सँरक्षण ऐन २०२९ बमोजिम कानुनी कारवाही हुने प्रमुख संरक्षण अधिकृत पौडेलले जानकारी दिए ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अन्तरगतको मध्यवर्ति क्षेत्र ब्यवस्थापन समितिले आफनो क्षेत्रका दश नाका शिल गरि सुरक्षाकर्मि परिचालन गर्ने निर्णय गरेको छ । जस्मा जगदुल्ला नाका,त्रिपूरा सुन्दरी नाका,धो नाका,सुम्दुहा नाका,रिग्मो नाका,रह नाका र मुगुको डोल्फु नाका शिल गरि सुरक्षाकर्मि राख्ने भएको छ ।
जिल्ला बिपत ब्यवस्थापन समितिका कोरोना भाईरस कोभिड–१९का कारण देश नै लकडाउन रहेको अबस्थामा जिल्लामा पाइने बहुमुल्य जडिबुटि यार्सागुम्बा सँकलनले झनै ठुलो बिपत्ती ल्याउने र सुरक्षाको कारण सबैभन्दा जोखि भएको भन्दै यस बर्ष यार्सागुम्बा सँकलनमा रोक लगाइ सकेको छ ।
जिल्लामा यार्सागुम्बा पाउने बनहरुको करिब ७० प्रतिशत क्षेत्र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा पर्दछ । निकुञ्ज क्षेत्रमा मात्रै हरेक बर्ष सरदर १० हजार भन्दा धेरै मानिसहरु यार्सागुम्बा सँकलनमा जाने गर्दछन ।
छिमेकी जिल्ला रुकुम,जाजरकोट,सल्यान,सुर्खेत,जुम्लाबाट हरेक बर्ष यार्सागुम्बा टिप्न आउने र आम्दानीको स्रोत बनाउनेहरुको भने यस बर्ष सबै सपनाहरु चकनाचुर भएका छन ।
मध्यवर्ति क्षेत्र ब्यवस्थपान समितिका निर्णहरु पढ्नुहोस : PDF सहित