कोरोना र यार्सागुम्बुको चुनौतिबाट लिने अवसर

जैतुन अनलाइन | 2020-04-25

 (कोरोना र यार्सागुम्बुको चुनौतिबाट लिने अवसर)

सामान्यतया अहिलेको जन मानसमा धेरथोर यस विषयमा ज्ञान भएकै छ । अहिले विश्व एकातिर कोरोनाको महामारीसग लडिरहेको छ भने हामी कोरोना सगै यार्साको सिजन सग पनि लड्नु पर्ने बाध्यता छ । आज म पनि यहाँ यी दुई विषयहरुलाई अवसर र चुनौतिको रुपमा लिन केही मेरा धारणा प्रस्तुत गर्दछु ।
सरकारले चैतको ११ गतेबाट देश नै लकडाउनको घोषणा गरेको छ । जसले गर्दा देश नै सुनसान जस्तो नै छ यसले गर्दा न्यून आय भएकालाई विभिन्न समस्याले छोयो । जसका नाममा विभिन्न ठाँउहरुमा राहत वितरण गरेतापनि प्रयाप्त नहुनु या लामो समय बन्द हुनुले गर्दा ज्याला मजदुरी गरी दैनिकी चलाउदै आइरहेका मजदुरीलाइ त असर गरेको कुरा विभिन्न संचार माध्यमहरुले दैनिक जसो नै बताउदै आइरहेका छन ।साथै यार्साको दुई महिनाको सिजनमा दुख गरेर बाँकी दश महिना गुजारा गर्ने हरुलाई पनि नराम्रै धक्का लाग्ने अनुमान गर्न सकिन्छ । किनकी कोरोना महामारी सगै यार्साको सिजन सरु हुन लागी रहेको छ । तर अहिलेको परिस्थितीले गर्दा यार्साको सिजन सूरु हुने नहुने अन्यौल सृजना भएकाले आम मानिसहरु चिन्तीत देखिन्छन । यार्सा सिजन सुरु नभएमा खानाको जोहो गरेको ऋण कसरी तिर्ने भनेर चिन्तीत बनेका छन् जस्तो की व्यवसायीहरुले बैकबाट लिएको ऋणको व्याज कसरी तिर्ने भन्ने चिन्ता छ ठिक त्यस्तै चिन्ता अहिलेका यार्सा पाटन चहार्नेहरुमा देखिन्छ ।

 

अहिले यहाँका मानिसमा कोरोनाको मात्र पीर छैन त्यो भन्दा बढि पिर त जहान परिवारलाई कसरी पाल्ने भन्नेमा छ जसले गर्दा कोरोना भन्दा पनि अरु नै खतरानाक रोगको सिकार हुन्छन कि भन्नेमा छ । तर मानिस बाँच्नका लागी सबै थोक गर्छन र गर्नु पर्ने बाध्यता पनि छ फरक यति मात्र छ की हामी आफ्नो परिवारको लागि गर्छौ भने सरकारले देशभरिको परिवारको लागि देश नै बन्द गर्नु परेको छ । यसमा पनि कसैले बन्दको उनलघंन गरी आवतजावत गरि रहेका हुन्छन भने यार्सा सिजन बन्द गर्दा पनि त कही कतै चोरी होला । तर लकडाउनको उनलघंन गर्ने लाइ गृह मन्त्रालयले जसरी मुद्दा चलाउन आदेश गरेको छ त्यसरी नै वैकल्पीक व्यवस्था गरी वन मन्त्रालयले नि त्यसरी नै मुद्दा चलाउन आदेश दिनु पर्ने जरुरी छ । अन्यथा विकसित देशले अहिले जुन अवस्थासग लडिरहेका छन त्यो भन्दा पनि भयावह अवस्था नआउला भन्न सकिन्न ।
तर यसलाई अवसरको रुपमा परिणत गर्न सकेमा कोरोनको महामारी र यार्साको सिजनलाई ऐतिहासिक बनाउन सकिन्छ । यसमा दुइटा अवसरहरु मैले देख्दछु । एउटा हो कृषि क्रान्ति तर कसरी सम्भव छ त भन्ने लाग्ला यसका लागि कोरोनाले अहिले विश्व नै लकडाउन जस्तै नै छ यसबाट हामीले बाँजा खेतबारी लाई हराभरा बनाउन सकिनछ । कसरी त भने असीलाख युवा विदेशिएकाहरुलाई विभिन्न देशले अआफ्नो देश फर्काउले घोषना गरेका छन साथै दैनिक जसो काठमाण्डौबाट पनि हजारौ मानिस गाँउ फर्किएका छन ।यि जनशक्तिलाई व्यवस्थापन गर्न सबै भन्दा सजिलो भनेको नै बाँजा जमिन हराभरा बनाउनु हो । खाली अभाव छ त निति नियम र आवश्यक दृष्टिका साथै कार्यान्वयन गर्ने क्षमताको ।

त्यसैले देशका साथै सबै स्थानिय तहले पनि आवश्यक व्यवस्था गरेर फर्किएका युवा जनशक्तिलाई परिचालन र प्रयोग गर्न विभिन्न कृषि व्यवसायमा प्रेरित गर्नु पर्छ र गर्छन पनि किनकी बाँच्नु त छ नि । यसले एकातिर जनशक्तिको व्यवस्थापन हुने भयो भने अर्का तिर कृषि प्रधान देश हो भनि सार्थकता हुनेछ । तर अहिले सबै तत्काल प्रतिफलको आश गर्ने भएकाले त्यो कृषिबाट नआउने भएकाले यसमा चासो कम भएको हो तर यसमा जन चेतना फैलाउन जरुरी छ । त्यसैलृ कोरोनाको महामारीलाई ऐतिहासिक बनाउने अवसरको रुपमा लिन अनुरोध गर्दछु । अर्को हो यार्सा सिजन यसले विभिन्न किसीमका विकृति निम्त्याए पनि हाम्रो जीवनस्तर माथी उकास्नमा मात्र मद्दत गरेन की हाम्रो आनीवानीमा पनि निकै परिवर्तन ल्याएको कुरा देख्न सकिन्छ । तर यस वर्ष यार्सा सिजन सुरु नहुने पक्का पक्की भएकाले यसबाट आम्दानी गरी केही गर्ने(गाँस देखि छाक सम्म)को जोहो गर्नेलाई भने चिन्तीत तुल्याएको छ । यतिखेर त्यस्ता मानिसहरुको मानसिकतालाई कृषि तर्फ मोड्न सजिलो हुने देख्दछु । यसका लागि विभिन्न किसिममा व्यसायिक योजनाहरुलाई प्रेरित गर्ने ल्याउनुका साथै कृषि तर्फ आर्कषण गर्ने अवसर यही बेला नै हुने देख्दछु खाली खाँचो छ त सरकारी संयन्त्रकोे ।
अर्का हो देशको भित्रका हरेक क्षेत्रमा विद्युतिया माध्यमद्धारा कारोबार गर्ने यसका लागि सरकारले नै हरेक व्यवसाय गर्ने र गराउनेलाई प्रोत्साहित गर्नु पर्ने देखिन्छ । र अनिवार्य गरेमा पनि हल गर्न सकिन्छ । जसले गर्दा नोटको प्रयोगमा कमी ल्याउन सकिन्छ भने भ्रष्टचारमा पनि कमी आउने आँकलन गर्न सकिन्छ । किनकी अहिलेको परिस्थितिमा यसै त मानिसले नोटको प्रयोग गर्न रुचाइएको छैन यसको मौका छोपी सरकारले विद्युतिया कारोवारलाई प्रोत्साहित गर्नु पर्दछ ।
अन्त्यमा कोरोना पूर्णरुपमा निर्मूल नहुदा वा भ्याक्सिन नबन्दा सम्म लकडाउन गर्नै पर्छ र यार्सालाइ यस वर्ष पूर्णरुपमा बन्द गर्नु नै उत्तम विकल्प होला तर यसमा सबैले आआफ्नो जिम्मेवारीको पालना गरौ । म बाँचु अनि हामी बाँचौ र देश बचाउ भन्ने कुरालाई आत्मा साथ गरी कृषिलाई आधुनिकीकरण सहित कृषि उत्पादनलाई निर्यात गरौ ।

युवराज हिराचन (थकाली)

लेखक