धनगिरी (आफन्त) का गजल

जैतुन अनलाइन | १२ बैशाख २०७७, शुक्रबार

धनगिरी फडेरा (आफन्त) 

गजल 
माग्दै हिड्छु बाटोमा केही दिएर जानू होला
शान्ति मिल्नेछ अलि कति दिएर जानू होला
भगवानको प्रथानामा दिन महीना बर्ष बिते
अब जानुछ भने जिन्दगी दिएर जानू होला 
दुख त तिमिलाई छैन मलाई छ आज भोलि
त्यसैले मुटुको ताला चापी दिएर जानू होला
खाना छैन बारिमा अन्न फल्दैन महाशयहरु
छभने छाकटार्ने दानापानी दिएर जानू होला
धनगिरी फडेरा “आफन्त”
रास्कोट नगरपालिका ०६, कालिकोट 
हाल ठुलिभेरी नगरपालिका ०३, डोल्पा