बैशाख ११ डोल्पा : मनघरी फाउन्डेसन नेपालको अगुवाईमा कर्णाली प्रदेशका जिल्लाहरूमा तेस्रो चरण स्वास्थ्य सामाग्री डोल्पा पठाएको छ । पहिलो चरणमा र दोस्रो चरणमा दैलेखी सेवा समाजसँग सहकार्य गरेर १ सय ११ थान पीपीई सेट, २ हजार थान मास्क, एक हजार थान ग्लोब्स र १० बोतल स्यानिटाइजर पठाएको थियो ।
त्यसै गरी तेस्रो चरणमा डोल्पा जिल्लामा २० थान पीपीई सेट, ४ थान हेड कभर र ५० वटा मास्क डोल्पो बुद्ध गाउँपालिका धो का वडा अध्यक्ष ग्याल्बो थापा भोटलाई हस्तान्ततरण गरको छ ।
डोल्पा जिल्लामा ८ वटा स्थानीय तह रहेका छन् । ७ वटा स्थानीय तहमध्ये दुईवटा स्थानीय तहमा पीपीई सेट पुगिसकेको प्रमुख जिल्ला अधित्रकारी सुरेस सुनारले जानकारी दिए । मनकारी फाउण्डेशनले दिएको पीपीई सेट बाँकी रहेका गाँउपालिकाका स्वास्थ्य संस्थाहरूमा पु¥याउने गाउँपालिका अध्यक्ष ग्याल्बो थापा भोटेले बताए ।
स्वास्थ्य सामग्रीहरु राष्ट्रिय आविष्कार केन्द्र, प्रारम्भ सामाजिक संस्था, आनी छोइङ डोल्मा फाउन्डेस लगायतले उपलब्ध गराएको मनघरी फाउन्डेसनका अध्यक्ष भरतबन्धु थापाले बताए । उनले भने, ‘हाम्रो यो सहयोग संख्यामा हेर्दा सानो छ तर संख्यमाभन्दा पनि कर्णाली क्षेत्रमा कार्यरत स्वास्थयकर्मीहरूलाई आत्मबल बढाउन सहकार्य गरेका हौं ।’
स्वास्थ्य सामाग्रीहरु राष्टिय आविष्कार केन्द्र,प्रारम्भ सामाजिक संस्था,आनी छोयिंग डोल्मा फÞाउण्डेशलगाएतले सामाग्रीहरु उपलब्ध गराएको मनघरी फाउण्डेशनकाअध्यक्ष भरतबन्धु थापाले बताए ।
दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाहीले भने, ‘म आफैं स्वास्थ्य क्षेत्रमा कार्यरत मान्छे हुँ । स्वास्थ्य सामग्री नहुँदा कस्तो समस्या हुन्छ भन्ने बुझेको छु । कर्णाली प्रदेशका स्वास्थ्य चौकीहरूमा पीपीई सेट नहुँदा समस्या रहेको मलाई राम्रो अनुभव छ, यही कुरालाई मध्यनजर गर्दै स्वास्थय सामग्री पठाइएकोे हो ।’
मित्र राष्ट भारतमा रोजागरीको लागीहजरौको सख्यामाकर्णालीप्रदेशबाट जाने गर्दछन । माअहिले भारतकोरानको प्रभावदिनप्रतिदिन बढे लगतै प्रदेशमा हजारौको सख्यामाआफ्नो गाँउफर्की सकेका छन् । तर स्वास्थयकेन्द्रमाउचित सामाग्रीनहुदा समस्याभएको मनघरी फाउण्डेशनकाअध्यक्षथापाले बताए ।