सुत्केरीको लागी नेपाली सेनाको रगद दान एकैदिन दुईजनाको सफल शल्यक्रिया

जैतुन अनलाइन | 2020-04-22

बैशाख १० दुनै : अस्पतालमा सुत्केरी हुन आएकी महिलाको लागि नेपाली सेनाले रगत दिएको छ । जिल्ला अस्पताल डोल्पामा शल्यक्रियाको लागि रगत निकै कम भएकी महिलोको ज्यान जोगाउन नेपाली सेनाका जवानले रगत दिनुभएको हो ।
ठुलीभेरी नगरपालिका ५ बर्ष २० की दिलकुमारी बोहोराको रगत कम भएपछि उनलको शल्यक्रियाको लागि नेपाली सेनाका जवानले रगत दान गरेको ईश्वरी बक्स गुल्मले जानकारी दिएको छ ।
शल्यक्रिया गर्दा रगत कम्तीमा पनि दुई पोका राख्नुपर्छ हामीसँग एक पोकामात्रै थियो त्यसैले सेनालाइ मागेका हौ स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले बताउनु भयो ।
डाक्टर रावलले भन्नुभयो रगत हामीले एक पिन्ट लिएका छौ तर अहिले सम्म दिन परेन नेपाली सेनाले ठुलो सहयोग गरेको छ हामी धन्यबाद दिन्छौ । त्यस लगायत नेपाल प्रहरी,शसस्त्र प्रहरीले नै अस्पतालमा रगत चाहिएमा दान गर्ने गरेको रावलले बताउनु भयो ।
एकै दिन दुई शल्यक्रिया गरेका छौ दुबै सफल भयो स्वास्थ्य सेवा प्रमुख सिजन रावलले खुसि ब्यक्त गर्नुभयो । दुबै जनाको आमा र बच्चाको स्वास्थ्य अबस्था सामान्य भएको बताउनु भयो । हाल सम्म जिल्ला अस्पतालमा ८ वटा शल्यक्रिया सफल भएका छन ।
बुधबार ठुलीभेरी नगरपालिका १ की १८ बर्षिया निसा रोकाया १८ र ठुलीभेरी नगरपालिका ५ बर्ष २० की दिलकुमारी बोहोरा को शल्यक्रिया गरिएको जिल्ला अस्पतालका सुचना अधिकारी कर्ण बि.क.ले जानकारी दिनुभयो ।