डोल्पामा थप ९ जनाको आरडिटि रिपोट नेगेटिभ

जैतुन अनलाइन | 2020-04-21

बैशाख ९ दुनै : डोल्पामा कोरोना भाईरस (कोभिट–१९) द्रुत परिक्षण स्थानीयतहमा सूरु गरिएको छ । जिल्लाको जगदुल्ला गाँउपालिकामा गरिएको पहिलो आरडिटी परिक्षणको रिपोट नेगेटिभ आएको छ ।
भारतबाट आएका ८ जना र क्वारेन्टिनमा रहेका एकजना गरि ९ जनाको कोरोना भाईरस (कोभिट–१९) आरडिटी परिक्षण गर्दा सबैको रिपोट नेगेटिभ आएको स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए ।
रावलले भने हामीसँग १४० थान किड आएको थियो जसबाट जगदुुल्ला गाँउपालिका र मुड्केचुला गाँउपालिकाको लागि ४० थान किट लिएर टोली स्थानीयतहमा पुगेर परिक्षण सूरु गरेको हो ।
भारतबाट आएका र अन्य सँकास्पद ब्यक्तिहरुलाइ परिक्षण गरियो रिपोट नेगेटिभ आयो निकै खुसि छौ जगदुल्ला गाँउपालिका अध्यक्ष नारासिँह रोकायाले खुसि ब्यक्त गरे ।
जिल्लाबाट डाक्टर मछिन्द्र बडुवालको नेतृत्वमा ४ जनाको टोली जगदुल्ला र मुड्केचुला स्थानीयतहमा आरडिटी परिक्षणका लागि गएको छ । त्यस पश्सचात ठुलीभेरी नगरपालिका त्रिपूरा सुन्दरी नगरपालिकामा परिक्षण गरिने डाक्टर रावलले जानकारी दिए ।
जिल्लामा तिनहजार भन्दा धेरै मानिसहरु भित्रिएको भएपनि कुन स्थानीयतहमा कति जना बिदेशबाट आए भन्ने तथ्याङ्क जिल्लामा छैन ।
भारतबाट आएका धेरै जसो माथिल्लो डोल्पामा गएका छन हामीले तथ्याक पाएका छौनौ जाने तयारी भएको छ रावलले भने । हाल सम्म डोल्पामा १५ जनाको आरडिटी परिक्षण गरिएको छ सबैको रिपोट नेगेटिभ छ ।