बैशाखमा हिमपात माथिल्लो डोल्पा जाने नागरिक बाटैम अलपत्र

जैतुन अनलाइन | 2020-04-21

बैशाख ९ दुनै : डोल्पामा बैशाखमा हिमपात भएपछि जनजिवन प्रभाबित भएको छ । बैशाखको दोस्रो सातामा भारि हिमपात भएपछि माथिल्लो डोल्पाका घर फर्किने नागरिक अलपत्र परेका छन ।
सोमबार शे–फोक्सुण्डो गाँउपालिकाको फोक्सुण्डो तालबाट गाँउपालिकाकै साल्दाङ घर जाने नागरिकहरु बाटैमा अलपत्र परेका छन । शे–फोक्सुण्डो गाँउपालिकाका कार्यपालिका सदस्य लोटई बिकको सहित १३ जना भन्दा धेरै भोट क्षेत्रका नागरिक बाटैमा अलपत्र परेको गाँउपालिकाका स्वास्थ्य सँयोजक रणबहादुर बुढाले जानकारी दिए ।
तल्लो डोल्पाको जगदुल्ला गाँउपालिकाबाट हिउदे बसाइ सकेर खेतीपातिको लागि घर फर्कीृन लागेका उनिहरु अकस्मात परेको भारी हिमपातको कारण बाटैमा ओडार तिर बसको हुन सक्ने शे–फोक्सुण्डो गाँउपालिका ८ का अध्यक्ष निमा लामाले जानकरी दिए ।
उनले भने लोटई बिक कार्यपालिकाका सदस्य समेत हुन त्यति खतरामा उनि बसका छैनन होला शे पासबाट जान नसक्ने भएकोले ढेकुथाङ हुदै सुरक्षितबाटो भएर घर जाने आसा गरेको बताए ।
माथिल्लो डोल्पामा कम्तिीमा पनि एक फीट जमेको अनुमान गरिएको छ भने फोक्सुण्डो तालमा ८ ईन्चभन्दा धेरै हिउ जमेको छ । त्यसका साथै तल्लो डोल्पाको जगदुल्ला गाँउपालिकामा पनि हिउ जमेको छ । बैशाखमा हिउ जमेपछि जनजिवन प्रभाबित भएको हो ।