बैशाख ९ दुनै :डोल्पामा पहिलो पटक यार्सागुम्बा सँकलनमा रोक लगाइएको छ । करिब २० बर्ष भन्दा धेरै पहिलाबाट सँकलन गर्दै आएको यार्सागुम्बा सँकलनमा रोक लगाइएको हो । कोरोना भाईरस कोभिड–१९ सँग लड्न झनै ठुलो चुनौति हुने भन्दै जिल्ला बिपत ब्यवस्थापन समितिले डोल्पामा यार्सागुम्बा सँकलनमा रोक लगाउने निर्णय गरेको छ ।
कोरोना भाईरस कोभिड–१९का कारण देश नै लकडाउन रहेको अबस्थामा जिल्लामा पाइने बहुमुल्य जडिबुटि यार्सागुम्बा सँकलनले झनै ठुलो बिपत्ती ल्याउने र सुरक्षाको कारण सबैभन्दा जोखि भएको भन्दै यस बर्ष यार्सागुम्बा सँकलनमा रोक लगाएको जिल्ला बिपत ब्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिनुभयो ।
प्रजिअ सुनारले भन्नु भयो ठुलो भुगोल भएको जिल्ला हो सुरक्षा चुनौति छ कोरोनाकै कारण पनि जिल्लामा भिडभाड गर्न दिने अबस्था छैन । हजारौ मानिसहरु आउने भएकोले झनै जोखिम हुनेहुदा यस बर्ष रोक्का नै गर्ने निर्णय गरेको बताउनु भयाे ।
जिल्लामा दुई किसिमका बनहरु रहेकोले निकै ठुलो चुनौतिका रुपमा रहेको छ । डिभिजन बन कार्यालय अन्तरगत सामुदायिक बन र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अन्तरगतका मध्यवर्ति सामुदायिक बनमा यार्सागुम्बा पाईने गर्दछ ।
जिल्लाका नागरिकको मुख्य आर्थिक आम्दानीको स्रोत भएको कारण जिल्ला बिपत ब्यवस्थापन समितिले रोक्का गर्ने निर्ण गरेपनि बन र निकुञ्जसँग छलफल गरेर थप निर्णयहरु गर्ने जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढाले बताउनु भयो ।
जिल्लामा यार्सागुम्बा पाउने बनहरुको करिब ७० प्रतिशत क्षेत्र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा पर्दछ । निकुञ्ज र बनले भने आधिाकारिक रुपमा आफना धारणाहरु बाहिर ल्याएका छैनन । दुबै निकायले सरकारकाे निर्णय पर्खने जनाएका छन ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको भुगोल ठुलो भएको र जनशक्ति कम भएकोले यार्सागुम्बा सँकलनमा रोक लगाएपनि चोरी हुने खतरा भएकोले भोलीका दिनमा ठुलो समस्या पर्ने भएको हुदा सोचेर निर्णय लिन धेरैको सुझाब छ।
निकुञ्ज क्षेत्रमा मात्रै हरेक बर्ष सरदर १० हजार भन्दा धेरै मानिसहरु यार्सागुम्बा सँकलनमा जाने गर्दछन । जिल्लामा यार्सागुम्बा सँकलनमा रोक लगाएपनि चोरी हुने र स्थानीय मारमा पर्ने भन्दै केहि स्थानीयतहले भने बन्द गर्न नहुने राय दिएका छन । आर्थिक स्रोतको रुपमा यार्सागुम्बा भएकोले पनि जिल्लाका नागरिकले सँकलन गर्न पाउनुपर्ने डोल्पा उधाेग बाणिज्य सँघका अध्यक्ष लालिमान बुढाले दावी गरे ।
छिमेकी जिल्ला रुकुम,जाजरकोट,सल्यान,सुर्खेत,जुम्लाबाट हरेक बर्ष यार्सागुम्बा टिप्न आउने र आम्दानीको स्रोत बनाउनेहरुको भने यस बर्ष सबै सपनाहरु चकनाचुर भएका छन । कोरोनाले महामारिको रुप लिएको बेलामा यार्सागुम्बा सँकलन खुल्ला गरे जुनसुकै बेलामा अपृय घटना घट्ने र ठुलो सँकट आउने भन्दै जिल्ला बिपत ब्यवस्थापन समितिले रोक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए ।
अघिल्ला बर्षहरुमा जिल्ला बाहिरका नागरिकलाइ ३ हजार,जिल्ला वासिरलाइ २ हजार र निकुञ्जको कोर क्षेत्र र मध्यवर्ति क्षेत्रका बासिन्दालाइ पाचसय शुल्क लिएर यार्सागुम्बा सँकलनमा प्रबेश अनुमति दिने गरिएको थियो् । तर यस बर्ष भने काेरोनाका कारण रोक्का हुनेपछि नागरिक अन्यौलमा परेका छन । हाल जिल्ला बाहिर रहेका डोल्पाका बिधार्थि र नागरिकहरु लकडाउन धेरै हुने र त्यहि समयमा जिल्ला आएर यार्सागुम्बा सँकलन गरेर पैसा कमाउने दाउमा रहेको धेरैको ठम्याइ रहेको छ ।
जिल्ला बिपत ब्यवस्थापन समितिले यार्सागुम्बा रोक लगाउने लगायत जिल्ला लकडाउन अझै प्रभाबकारी बनाउने र ब्यवस्थापनलाइ मझबुद बनाउने निर्णय समेत गरेको छ । जिल्ला बाहिर रहेका नागरिकहरु जिल्लामा ल्यउदा थप चुनाैति र खतरा भएकोले स्थानीय सरकारले बिशेष निगारानी र भुमिका खेली नागरिक सुरिक्षत राख्न जिल्ला बिपत ब्यवस्थापन समितिले सबै स्थानीयतहलाइ आग्रह गरेको छ ।