बैशाख ९ दुनै : डोल्पाका स्थानीयतहहरुले नागरिक उद्धारको काममा तिव्रता दिएका छन । सोहि अनुसार जगदुल्ला गाँउपालिकाले क्वारेन्टिनमा बस्ने शर्तमा नागरिकहरु घर सम्म ल्याउने भएको छ ।
कोरोना भाईरस कोभिड–१९ ले बिश्व थला परेको अबस्थामा डोल्पाका स्थानीयतहरुले पनि आफना नागरिकहरु घर ल्याउन लागेका हुन । नागरकिहरु उद्धार गर्ने तर भाइरसबाट बच्न सरकारको मापदण्ड पूरा गरि १४ दिन क्वारेन्टिनमा अनिबार्य बस्नुपर्ने शर्तमा नागरिक गाँउ ल्याउन लागेको जगदुल्ला गाँउपालिकाका अध्यक्ष नारासिँह रोकायाले जानकारी दिए ।
जिल्लाबाहिर गाँउपालिकाका ४१ जना नागरिक मात्रै छन उनिहरुलाइ गाँउपालिकाले भनेको छ घर आउने या राहात उतै ब्यवस्थापन गरुम नागरिकको ईच्छा अनुसार उद्धार गर्नेछौ तर गाँउ आए अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नै पर्ने रोकायाले बताए ।
हाल जगदुल्ला गाँउपालिकामा ३२ बेडको क्वारेन्टिन तयारी अबस्थामा छ थप गर्दैछौ प्रमुख प्रशासकिय अधिकृत केशबराज जैशिले जानकारी दिए । उनले भने क्वारेन्टिनमा बस्ने भनेपछि केहि नआउनेपनि देखिएको छ तर सबै नागरिकको उद्धार गाँउपालिकाले गर्छ र क्वारेन्टिनमा पनि नागरिकको खर्च हुदैन ।
त्यसैगरि ठुलीभेरी नगरपालिकाले पनि नगाररिक उद्धार गर्ने भएको छ । नगरपालिकाका सबै ११ वटा वडामा वडा अध्यक्षको जिम्मामा क्वारेन्टिनमा राख्ने वडा अध्यक्ष बिरमलकुमार भण्डारीले जानकारी दिए ।
जिल्ला बाहिरबाट आउने आफना सबै नगरकिको खर्च नगरपालिकाले गर्नेछ क्वारेन्टिनमा बस्दा खर्च नगरपालिकाले गर्ने तर बेडहरु आफैले ब्यवस्थापन गर्नुपर्ने भण्डारीले बताए ।