olux

सचिवालय बैठक सकेर प्रधानमन्त्री पुगे शितल निवास

जैतुन अनलाइन | 2020-04-20

काठमाडौँ : नेकपाको सचिवालय बैठक सकेर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् ।

सोमबार मन्त्रिपरिषद बैठकले गरेको निर्णयका बारेमा छलफल गर्न सचिवालय बैठक बोलाइएको थियो।

मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी(दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेशबारे निर्णय गरेको थियो। मन्त्रिपरिषद्को उक्त प्रस्ताव बालुवाटारमा सचिवालय बैठक बसिरहेकै बेला राष्ट्रपति विद्यादेवी भण्डारी जारी गरी सकेकीछिन् ।

उक्त अध्यादेशले नेकपामा ठूलै हलचल ल्याएपछि सचिवालय बैठक बोलाईएको थियो।