बैशाख ८ दुनै : डोल्पाको ठुलीभेरी नगरपालिकाले लकडाउनमा जिल्ला बाहिर रहेका नागरिकहरुको उद्धार गर्ने भएकाे छ । साेमबार बसेको बिपत ब्यवस्थापन समितिकाे बैठकले नगरपालिकाको आफनै खर्चमा जिल्ला बाहिर रहेका आफ्ना नगरपालिका भित्रका नागरिकहरु घरसम्म ल्याउने भएकाे हाे ।
ठूलिभेरी नगरपालिकाकाे बिपद व्यवस्थापन समितीकाे बैठकले जिल्ला सम्म ल्याउन लाग्ने सबै खर्च नगरपालिकाले गर्ने निर्णय गरेको वडा नम्बर ९ का अध्यक्ष बिरमलकुमार भण्डारीले जानकारी दिनुभयाे । भण्डारीका अनुसार जिल्ला बाहिर रहेका ठूलिभेरीका विद्यार्थी लगाएत अन्य कार्यकालागी समेत बिभिन्न शहरमा रहेका सम्पूर्ण नागरिकालागी डाेल्पा ल्याउने आधिकारीक निर्णय गरेको बताउनु भयाे।
नगरपालिका सम्म पुग्ने खर्चपर्चकाे व्यवस्थापन ठूलिभेरि नगरपालिकाले गर्ने छ तर क्वारेन्टिनको व्यवस्थापन सम्वन्धित वडा अध्यक्षलाइ जिम्मा दिएर आउने नागरिकलाइ क्वारेन्टिनमा राख्ने काम वडा नम्बर ६ का अध्यक्षले गर्ने निर्णय भएको वडा अध्यक्ष धर्मलाल बुढाले जानकारी दिनुभयो ।
क्वारेन्टिनमा आवास, खानपिन र स्वास्थ्य जाँच लगाएतका काम स्थानिय तहले गर्ने र क्वारेन्टिनमा बस्नको लागि बेड बिस्तराकाे व्यबस्था स्वयं व्यक्तीले गर्नु पर्ने ठुलीभेरी नगरपालिकाले जनाएकाे छ ।जिल्ला बाहिर रहेका नागरिक जिल्लामा ल्याउन प्रक्रिया तत्कालै मँगलबार देखी नै शुरू गरिने भएको छ । नगर प्रमुख गणेश बहादुर शाही, वडा अध्यक्ष धर्मलाल बुढा र प्राविधिक मनराम ठकुल्ला सहितकाे तिन सदस्यीय उद्धार टाेली मँगलबार नै जिल्ला बाहिर जाने वडा अध्यक्ष बिरमलकुमार भण्डारीले जानकारी दिनुभयाे । जिल्ला बाहिर कति नागरिक छन भन्नेबारे यकिन तथ्याङ्क सकलन भैरहेकाे भण्डारीले बताउनु भयाे ।