बैशाख ८ डोल्पा : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समन्वय प्रमुखहरुसँग भिडियो र्कन्फ्रेन्स गर्नु भएको छ । कोरोना भाईरस कोभिड–१९ सँग जुध्न कसरी अघि बढ्ने भन्नेबारे पहिलो पटक कर्णालीका दशवटै जिल्लाका जिल्ला समन्वय प्रमुखहरुसँग मुख्यमन्त्रीले भिडियो र्कन्फ्रेन्स गर्नुभएको हाे ।
करिब २ घण्टा लामो चलेको भिडियो र्कन्फ्रेन्समा सबै जिल्लाका समन्वय प्रमुखहरुले हाल सम्म भैरहेका काम र अब गर्नुपर्ने तयारीका बारेमा आफना बिचारहरु राख्नु भएको थियो ।
यो बिपतको घडिमा सबै एकजुट हुन र कर्णालीलाइ कोरोना मुक्त प्रदेश बनाउनमा सबैको उल्लेख्य भुमिका भएको आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले बताउनु भयो। स्थानीय सरकारले काम गरिरहेको र स्थानीय सरकारकाे साथमा प्रदेश सरकार रहेकोले तिनै तहकाे सरकारको समन्वयमा काेराेना राेक्न सकिने मन्त्री ज्वालाले बिश्वास ब्यक्त गर्नु भयो ।
सबै जिल्लाका प्रत्यक गाँउपालिकामा १५ लाख र नगरपालिकामा २५ लाख रुपैया कोरोना रोकथामकै लागि पठाएकोले प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय प्रमुखले समन्वय गरेर ब्यवस्थापनमा भुमिका खेल्न कानुन मन्त्री नरेश भण्डारीले आग्रह गर्नु भयो ।
देश बिपतको घडिमा रहेकोले अब सबै स्थानीयतहहरुले सक्दो सहयोग गर्नुपर्ने र ग्रामिण स्तरसम्म बिशेष गरिबहरुको पहिचान गरि उनिहरुलाइ रोजगार र ब्यावसायि बनाउनेमा जोड दिने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भिडियो र्कन्फ्रेन्समा जानकारी गराउनु भयाे ।
जिल्ला समन्वयलाइ कोरोना रोकथामका लागि कार्यक्रम तयार गरि पेश गर्नु र सबै स्थानीयतहसँग समन्वय गरेर नागरिकहरुलाइ अफठ्यारोमा सहयोग गर्न मुख्यमन्त्री शाहीले निर्देशन दिनु भएकाे छ । मुख्यमन्त्री शाहीले भन्नु भयो बिकासका कामहरु नरोक्ने,बिभिन्न प्रदेशमा भएका नागरिकहरुलाइ आफनो प्रदेशमा ल्याउने र उनिहरुलाइ जिल्ला जिल्लामा पुर्याइ अनिबार्य रुपमा क्वारेन्टिनमा राख्ने ब्यवस्था मिलाउन भुमिका खेल्नुस सरकार नागरिकको साथमा छ ।
पहिलो पटक भएको भिडियो र्कन्फ्रेन्समा सहभागि जिल्ला समन्वय प्रमुखहरुले यो सबैको पिडा भएकोले जिल्लामा रहेका अस्पतालहरुलाइ बिशेष ब्यवस्था सहितका बनाउनुपर्नेमा सबै जिल्ला समन्वय प्रमुखहरुले जोड दिनु भयाे ।
सबै जिल्लामा रहेका अस्पतालहरु कम्तीमा पनि २५ बेडका हुनुपर्ने र सबै अस्तालहरुमा आईशोलेसन तयार गर्न मुख्यमन्त्री शाहीले निर्देशन दिनुभयाे । शाहीले भन्नुभयो पैसाको कमि भयो भनेर काम गर्न नरोकिनुस पैसा आउछ तर काम निरन्तर गर्नुस ।
कर्णाली प्रदेमा दैनिक नागरिकहरु भित्रीरहेकोले पहिचान गरेर सुरक्षित रुपमा जिल्लामा पुर्याउने काम गरिने र कोहि पनि भोकै र अलपत्र पर्ने अबस्था नआउने मुख्यमन्त्री शाहीले दावी छ।नागरिकलाइ रोजगार,ब्यावसायि र आत्मनिर्भर बनाउने कर्णाली प्रदेश सरकारले रणनिति रहेकोले अब कर्णालीका नागरिक ब्यवासायि र रोजगारी बन्ने शाहीले ठाेकुवा गर्नु भयाे ।