काठमाण्डौमा डोल्पाका बिधार्थीहरुलाइ राहत ब्यवस्थापन गर्न यु्वाहरुको (भिडियो कर्नफ्रेन्स)

जैतुन अनलाइन | 2020-04-19

बैशाख ७ काठमाण्डौ : सरकारले कोराना भाईरस काेभिट-१९ बाट बच्न गत चैत्र महिनाको ११ गतेदेखी देशभर लकडाउन गरेको छ । सरकारले लकडाउन गरेको बेलामा अध्ययन तथा अन्यका कामका शिलशिलामा काठमाण्डौमा रहेका बिधार्थिहरु र यूवाहरु यतिबेला लकडाउनको चपेटामा परेका छन । डोल्पाका बिधार्थिहरु  तथा नागरिकहरु अलपत्र र भोकै बस्ने अबस्था नहाेस भनेर डोल्पाका काठमाण्डौमा रहेका बुद्धिजिवी यूवाहरुले पहिलो पटक भिडियो कर्नफ्रेन्स गरेका छन ।

बिधार्थीहरुलाइ राहात ब्यवस्थापन गर्नका लागि लगत तयार गरि बितरण गर्ने लगायतका अन्य बिभिन्न तिन निर्णय गरेको एक यूवा बुद्धिजिवी प्रेमबहादुर बोहोराले जानकारी दिए । समाज सेवामा निकै सक्रिय यूवा बुद्धिजवी रमेश न्यौपानेको सँयोजकत्वमा भएकाे पहिलाे भिडीयो सम्मेलनले निकै राम्रो कदमको सूरुवात गरेका हुन। हाल काठमाण्डौमा डोल्पाका ४ सयभन्दा धेरै बिधार्थीहरु छन जो लकडाउनमा घर आउन पाएका छैनन ।

न्यौपानले  भने रेक हप्ता शनिवार बस्दै अाएकाे डाेल्पाका सामाजिक, अार्थिक, राजनीतिक तथा पर्यावरणीय र अन्य जल्दाबल्दा विषयहरूकाे बारेमा छलफल चलाउने र उचित विचारहरू प्रवाह गरी नीति निर्माण तथा जिम्मेवार सराेकारवालाहरूलाइ निर्णय लिन सघाउने तथा दवाव दिने याे Dolpa Core Team काे अाज ३ बजे देखि ५ बजे सम्म अनलाइनमा बैठक सम्पन्न भएकाे छ । तत्कालिन जल्दाेबल्दाे विषय काेराेनासँग सम्बन्धित रही डाेल्पालीहरूकाे हितका लागि उक्त बैठकले तीन निर्णयहरू गरेकाे छ । उक्त निर्णयहरु यस्ताछन जस्ताको तस्तै

निर्णयहरूः

१. काठमाडाै लगायत डाेल्पा बाहिर बसेका डाेल्पाली विद्यार्थीहरू तथा व्यवसायीहरूकाे विवरण संकलन गर्ने ताकी परेकाे बेला साथ तथा सहयाेग लिन र दिन सकियाेस् । त्यसका लागि काठमाडाैंबाट सुरू गर्ने । डाेल्पालीहरू बाहुल्य रहेका क्षेत्रहरूमा संयाेजक ताेक्ने ताकि विवरण संकलन देखि सहयाेग लेनदेनमा सहज हाेस् ।

२. काठमाडाैंमा रहेका २६० प्लस बिद्यार्थीहरूले Covid 19 relief group Dolpa टिमबाट राहत पाइसकेका छन् । बाकीँ ५० जनाले पनि भाेलि र पर्सिमा पाउँदैछन् । उक्त राहत कार्यक्रम प्रभावकारी बनाउन व्यति तथा समुहगत रूपमा भन्दा बढी जिम्मेवारी स्थानिय जनप्रतिनिधिहरू, प्रदेश र संघका माननियहरूकाे हुन अाउँछ । त्यसैले उहाँहरूलाइ जिम्मेवार बनाउन तथा अभावमा रहेकाहरू र ती जिम्मेवार जनप्रतिनिधिहरू तथा माननियहरूलाइ सम्बन्ध स्थापित गराउने रचनात्मक भुमिका निर्वाह गर्ने ।

३. यस्ताे विषम परिस्थितिमा स्थानिय संकलनहरूकाे स्वास्थ्य, अार्थिक र पर्यावरणीय परिवेशलाइ मध्यनजर गर्दै, यार्चा संकलन राेक लगाउने भन्ने बारेमा प्रेस विज्ञप्ती जारी गर्ने निर्णय गरियाे ।