डोल्पाका पाँचजनाको आरडीटी रिपोर्ट नेगेटिभ

जैतुन अनलाइन | 2020-04-19

बैशाख ७ दुनै : डोल्पामा कोरोना भाईरस (कोभिट–१९) द्रुत परिक्षण सूरु भएको छ । गत बिहिबार जिल्लामा पुगेको किडबाट पहिलो पटक पाँचजनाको परिक्षण गर्दा नेगटिभ देखिएको छ ।
सेल्फक्वारेन्टिनमा रहेका पाँचजनालाइ पहिलो पटक कोरोना भाईरस (कोभिट–१९) आरडिटी परिक्षण गर्दा सबैको रिपोट नेगेटिभ आएको स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए ।
रावलले भने हामीसँग १४० थान किड आएको छ सबै तयारी पुरा गरेकाछौ परिक्षणको लागि तर परिक्षणको लागि कोहि आउदैनन । भारत तथा अन्य मुलुकबाट आएकालाई पहिलो प्राथकिकतामा राखेको भएपति यकि तथ्याङ्क कसैलेनी नदिएको रावलले दावी गरे ।
जिल्लाको जगदुल्ला गाँउपालिकाबाट आरडिटि परिक्षण सूरु गर्ने भनेर डाक्टर मछिन्द्र बडुवालको नेतृत्वमा ४ जनाको टोली आईतबार नै सम्बन्धीत स्थानीयतहमा गएकोे स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए ।
टोलीले जगदुल्ला गाँउपालिकामा भएका भारतबाट आएका ६ जना र अन्य सँकास्पद ब्यक्तिहरुलाइ परिक्षण गर्ने र मुड्केचुला गाँउपालिकामा पनि परिक्षण गरेर जिल्लामा फर्किने प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए ।
कोरोना आरडिटी परिक्षण किड १४० थान मलेरीयाको किड १२५ थान र रगत निकाल्न प्रयोग गरिने ल्यान सेट जिल्लामा पुगेको स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए ।
जिल्लामा तिनहजार भन्दा धेरै मानिसहरु भित्रिएको भएपनि कुन स्थानीयतहमा कति जना बिदेशबाट आए भन्ने तथ्याङ्क जिल्लामा छैन ।
भारतबाट आएका धेरै जसो माथिल्लो डोल्पामा गएका छन तर यतिबेला माथिल्लो डोल्पामा परिक्षण गर्न भने निकै सम्भाबना कम छ ।
मुख्य कुरा त स्थानीयतहले रिपोट नै नदिएकोले पनि परिक्षणको काम अन्योलमा परेको हो । हामीले सबै स्थानीयतहमा भारथ तथा अन्य मुलुकबाट आएकाको रिपोट मागेका छौ तर दिएका छैनन स्वास्थ्य प्रमुख डाक्ठर सिजन रावलले दुख ब्यक्त गरे ।