स्थानीय सरकरको राहतपनि खाधकै चामल
बैशाख ७ दुनै : डोल्पामा खाद्यान्नको माग र बिक्री बढ्ेको छ । सरकारले गरेको लकडाउनको कारण नेपाल सरकारले अुनदानमा दिने खाद्यान्नकोे चामल बिक्रि बढेको हो ।
दैनिक ६० क्विन्टल भन्दा धेरै चामल बिक्रि हुने गरेको खाद्य ब्यवस्था तथा बिक्रि केन्द्र डोल्पाले जानकारी दिएको छ । पहिला दैनिक २० क्विन्टल सम्म बिक्रि गर्न धौधौ परेको बेलामा लकडाउन पछि ह्वात्तै दुईगुणले बढेको खाद्य ब्यवस्था तथा बिक्रि केन्द्र डोल्पाका प्रमुख कमलराज पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार लकडाउनमा खाद्य ब्यवस्थाले सबै चामलमा दशप्रतिशत मुल्य घटाएपछि पनि जनताले चामल धेरै खरिद गरेको बताए । चामलको मुल्य घट्नु र लकडाउनले खाद्यान्नमा परेको समस्याले जनताले चामल धेरै किनेको अनुमान गरेको पाण्डेले बताए ।
हाल जिल्लामा चार जातका चामल बिक्रि भैरहेका छन । जस्मा सबैभन्दा धेरै जापानी चामल बिक्रि हुने गरेको खाद्य ब्यवस्था तथा बिक्रि केन्द्रका बासुदेब रिजालले जानकारी दिए ।
उनले भने हामीसँग जिल्लामा चार प्रकारका चामल छ ति सबै चामलको मुल्यमा दशप्रतिशत छुट दिइएको छ । दैनिक हामीले ६० क्विन्टल भन्दा धेरै बिक्रि भएको छ तर पनि मौज्दात छ र ढुवानी पनि भएको दाबी रिजालले गरे ।
लकडाउनमा खाद्य ब्यवस्था तथा बिक्रि केन्द्रले दश प्रतिशत छुट गर्दा जिरा चामल प्रति क्विन्टल ६१०० बाट घटेर ५४९० भएको छ भने साना चामल ५४९० बाट घटेर ४९०५ छ । त्यसैगरि मध्यम चामल ५२०० बाट घटेर ४६८० मा झरेको छ र जापानी चामल ४४०० बाट ३९६० भएको छ ।
जिल्लामा खाद्यान्नको मौज्दात छ हामी सबै स्थानीयतहसँग निरन्तर खाद्यान्न र अन्य दैनिक अत्याबश्यक सामाग्रिहरुको बारेमा छलफल गरि रहेकोले तत्तकाल खाद्यान्न समस्या नभएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए ।
प्रजिअ सुनारले भने ढुवानीमा सहजता छ जनताले भनेजित चामल नुन पाएका छन जसमा खाद्य ब्यवस्था बिक्रि केन्द्र र स्थानीय सरकारले सहजता गरिरहेको बताए ।
लकडाउनको बेलामा पाएको दश प्रतिशत छुट र भोली समस्या आउला कि भनेर घरमा मौज्दात राख्नको लागि पनि खाद्यान्न खरिद गरि रहेको हुन सक्ने बिक्रि केन्द्रका प्रमुख कमलराज पाण्डेले बताए ।
जिल्लामा चामल बिक्रि दैनिक बढेपछि ढुवानीलाइ पनि त्रिब्रता दिएको बासुदेब रिजालले जानकारी दिए । उनले भने मुड्केचुलामा पनि अनुमति पाएकोले ढुवानी भैरहेको र जिल्लाका अन्य सबै क्षेत्रमा चामल ढुवानी भैरहेको बताए ।
यस बर्ष मात्रै ढुवानी हुनेपर्ने जिल्लाको कोटाको १८ हजार चामल एक हजार मात्रै ढुवानी भएको छ । हाल जिल्लामा खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लि.डोल्पा शाखामा ३ हजार,जुफालमा दुईहजार र काईगाँउमा ६ सय क्वीन्टल मौजाद चामल छ ।