लेखक : प्रनिमा डि.सि.
जीवन र यसका परिधिहरु, त्यस्मा सामेल रहने अनेकौ जटिलता र उल्झनहरु, अनि उदेश्यमा निरन्तर लागिरहने पाइलाहरु। जिवनको यात्रामा सरिख रहेका अनेकौं मान्छेहरु अनि उनीहरुले निर्माण गरेका सुख दुःखका कथाहरु।।। आज सबै जहाको त्यही समाप्त भयो। कतिको जीवन सुरुवातको खुड्किलोमा पाइला राख्न नपाउदै चिल्पलिन पुग्यो। न सोचेको कुरा पुरा हुन्छ यहाँ न त नचाहेको कुरालाई अस्वीकार गर्न सकिन्छ। अक्सर जिन्दगीमा त्यही हुने गर्छ जुन कहिले नहोस भनी हामी हरेक दिन ईश्वरसंग भाकल गर्छै। यहाँ मान्छे अनुसार जिन्दगिको अनेकौ परिभाषा हुन्छ। मैले पनि जिन्दगिलाइ आफ्नै परिभाषा दिय अनि आफ्नै तरिकाले चलाउन खोज्दै थिय तर म अनि मेरो सोचाइ गलत रहेछ। जिन्दगि मेरो तरिकामा हैन म पो जिन्दगिले डोर्याउदै गरेको बाटोमा हिड्न पर्ने रहेछ
आजभोली निकै शान्त छु म, एक्लै हराउने गर्छु, अनि एकान्तमा जिन्दगिलाइ सम्झेर टोलाउने गर्छु म। आजको दिन देख्दैछु तर भोलि देख्न पाउछु पाउदिन सोचेर डराउदै बस्छु म। मनमा अनेकौ सोचाइ आउछन्, उदेश्य ठूलो छ अनि सुनौलो भबिश्यको रचना गर्नु छ, कतै पूरा गर्न नपाइ यो संसारबाट बिदा लिन्छु कि मरुरु नियतिको यो कस्तो खेल होला नचाहेरै पनि समस्यालाई अङ्गालेर जिउन बाध्य छौ हामी सबै जना। आज मेरो वरिपरि देखिरहेका मान्छेलाई भोलि देख्न सक्छु सक्दिनरु आज मलाइ देखिरहेका मेरा आफन्त परिवारले भोलि यति ठुलो भिडमा मलाइ भेट्टाउलान कि नभेट्टाउलानरुरु मैले देखेको आजको संसार भोलि होला कि नहोलारु हामी जिन्दगिलाइ आफै अन्दाज लगाउनै सक्दैनौ यो खाली आफ्नै बेगमा चल्छ।
हिजो आजको परिवेशलाई नियाल्दा गायक मधु क्षेत्रीले गाएको एउटा गित दिमागमा निकै गुन्जिन्छ, ूफुलै फुल मात्र पनि हैन रहेछ जिवन, काँडा बिच फुल्ने फुल रहेछ जीवनू। मान्छेको जीवन साच्चिकै फुल मात्र हैन जहाँ सधै खुशी मात्र हुनुपर्छ भन्ने छैन तर जिन्दगिले हामिलाइ कतिबेला काँडाको बिचमा फुलेको फुलजस्तै बनाइदिन्छ। हामिले परिभाषित गर्ने जिन्दगी त त्यही हो जहाँ खुशी आनन्द सुख शान्ती होस। दुस्ख पिडा आउला भन्ने त हामिले कल्पना पनि गरेको हुदैनौ। हाम्रो पाइलाहरु सुन्दर भबिश्यको लागि दौडिरहन्छन तर जिन्दगिले हामिलाइ अहिले नै कुनै दुर्घटनामा सामेल गराइदिन्छ। हाम्रो बर्तमान अबश्थालाइ नै परिवर्तन गरिदिन्छ। अगिसम्म खुशि भएर हिडेका हामी एक सेकेन्डमा नै यमदुतको साथमा हुन्छौ। जिन्दगिले हामिलाइ कुन बाटोमा डोर्याउदै छ त्यो हामी कसैले बुझ्न सक्दैनौ तर हामी जस्तो परिश्थितिलाइ पनि सम्हाल्न सक्ने गरि जिवनको हर यात्रामा तयार रहनुपर्छ।।
कति समस्या हामिले अन्दाज नै लगाउन नसकिने गरि आउछन। आज धेरै पछि बिश्वमा ठुलो द्वन्द्व चलिरहेछ मानव अनि भाइरस बीचमा। अन्त्यमा जित कसको हुन्छ यो त हामिलाइ थाहा छैन। संसारमा सर्बशक्तिमान ठान्ने मानिस आज एउटा रोगदेखी हार खायर घायल पशुजस्तै मृत्युुसङ्ग लडिरहेछ। मानबले नगरेको हैन आफू बलवान् छु भनी प्रमाणित गर्न तर आज उभन्दा बलवान् अरु कोहि निस्क्यो जसको अगाडि मानबको पराजय हुन पुग्यो। कसले नै सोचेको थियो र यस्तो दिन आउँछ भनेर। देख्दैछु मेरो देश रोयको तर हामी कायर भयौ केही गर्न सकेनौ। आफ्नै परिवार बिच पनि डर फैलाइदियो यो भाइरसले,कति ठाउँमा आफ्नै परिवारको सदस्य गुमाउदा पनि लाचार भइ हेर्नुपर्ने बाध्यता भयो। मलामी जानलाइ कसैको साथ पाइयन।फोहोरको थुप्रो जलाय जस्तो मानव शरीर पनि फोहोर भन्दा तल्लो दर्जामा गनियो। केवल मान्छे आज आफ्नै शरिरका अङ्गसङ्ग डराएर बसेको छ। आफ्नै हातदेखि पनि शंका लाग्छ, मिल्ने भय त मानिसले आफू अनि आफ्नो हातबिचको दुरि पनि निकै बढाउने थियो। आखिर यो डर त्रास कहिलेसम्मरुरुरु सबै अन्योलमा छौ। खै भोलि त्यो रोगको सिकार म नै पो हुन्छु कि, तपाईं पो हुनुहुन्छ किरुरु एउटा सूक्ष्म भाइरसले आज सिङ्गो ब्रह्माण्डलाई नै उथलपुथल गरिदियो।
निम्तो त उसलाई मैले पक्कै पनि दियको थियन
तर किन आफै आयर मेरो संसार उजाडेर लग्यो।।
सपनाहरू धेरै देखेको थिय सुन्दर जिन्दगिको लागि
तर किन उसले मेरो भबिश्यको भग्नाबशेश गर्यो।।
कता गय ती बुद्धिमान मानिसहरु जसले क्रोधको भावनामा अरु देशको सर्बनाश गर्न बम बारुदका गोलिहरु बनाय। कता गय ती बैज्ञानिक हरु जसले संसारका हरेक थोकको आबिस्कार गरे, जसले चन्द्रमा जाने बाटो पत्ता लगाय। आज उनिहरु पनि यो रोगको औसधि बनाउन असफल भय। विभिन्न यन्त्र बनाउने ठुला ठुला राष्ट्रले पनि आज कोभिड(१९ रोधात्मक यन्त्र बनाउन सकेन। उनिहरुलाइ यो भाइरस देखि रिस उठेको छैन होला ररु के उनिहरुले हार नै मानिसके होलान ररु धनी गरिब केही भनेन, न त ठूलो न सानो नै भन्यो। न बालक न बृद्द,न त विशाल राष्ट्र न सुक्ष्म राष्ट्र नै भन्यो। मानव र भाइरस बिचको द्वन्दमा आज मानिसले आफ्नो प्राण एक भाइरसको हातमा सुम्पनु पर्ने बाध्यता भयो। विभिन्न पशुपंक्षी लाई आफ्नो नियन्त्रणमा राख्न सक्ने मानिस आज एउटा रोगको कारण आफै मृत्युुसङ्ग लडिरहेछ। आफ्न्तहरु पराई जस्तै बने, सबैको घरको बाटो नै बन्द भयो। पिंजडामा थुनियको चराजस्तै मानिस आज एउटा कोठामा कैद छ। हामी आफ्नो मृत्युु नजिकैबाट नियाल्दै छौ। लाखौले पृथ्वी छोडे। सपना धेरैले देखेका थिय। सुन्दर भबिश्यको कल्पनामा आफ्नो देश छोडेर उदेश्यमा लम्कियका ति पाइलाहरु। आज घातक रोग बोकेर आफ्नै मातृभुमिलाइ नरकमा जलाउन पुग्छन भन्ने के थाहा। मेरो देश आज बरबरी आँसु खसाल्दै छ। तर म केही गर्न सकिरहेकी छैन।
समस्याहरु नआउने हैनन, हामी सबैलाई राम्रोसँग याद छ २०७२ साल बैशाख १२ गतेको महाभुकम्प। जसको कारण हाम्रो देशले कयौं नागरिक गुमाउनु पर्यो, कतिले आफ्नो बाउ आमा, कतिले आफ्ना छोराछोरी त कतिले आफ्ना साथिभाइ, इष्त्रमित्र। के त्यतिबेला ज्यान गुमाउने मान्छेले चाइ जिन्दगिको लागि सुन्दर सपनाहरू बुनेको थियनन ररु तर जिन्दगिले कसरी उनिहरुको सपना एक पलमै तहसनहस पारिदियो। आँखाको एक निमेशमा हाम्रो देशको भग्नाबशेष भएको हामी सबैले देखेका थियौ। कति महामारी हामिलाइ थाहा दिएर आउछन भने कति अकस्मात आउने गर्छन। जो जुन बेला आय पनि हामी आफू होशियार अनि सचेत रहनु आबश्यक छ। महाभुकम्प अचानक आयो अनि अपत्यारिलो तरिकाले हाम्रो जिन्दगी उजाडेर गयो तर अहिले बिश्वमा फैलिरहेको कोरोना भाइरस हामिलाइ जानकारी दिदै आएको हो । अन्जान हुँदा हामिले धेरै हानी नोक्सानी सह्यौ तर अब जानेर हामी त्यो क्षति हुन नदिऔ। जति हाम्रो देशले महाभुकम्पको कारण आफ्ना नेपाली नागरिक गुमाउनु पर्यो त्यती कोरोना भाइरसको कारण गुमाउन नपरोस।
सरकारलाइ म धेरै मान्छु जस्ले तालाबन्दी गरेर हाम्रो देशलाइ बचाउने प्रयास गरेको छ। सङ्गै तालाबन्दिले धेरै समस्या हरुको सृजना पनि गरेको छ।यदि तालाबन्दी नहुदो हो त आज हामिमध्य कति जना कोभिड(१९ को शिकार बनिसकेका हुनेथियौ होला। थाहा छ हामी अहिले आफ्नो घरको पिंजडामा बन्दी भएका छौ तर दुख नमानौ यहि हाम्रो बानिले हामिलाइ नया जीवन दिनेछ अनि फेरि भोलिको दिन देख्ने मौका दिनेछ। आज केही समय हामी आफ्नै घरमा बस्नाले हाम्रो परिवार हाम्रो आफन्त अनि हाम्रो देश नै मृत्युबाट बिजय पाउनेछ। हामी आफ्नो सुन्दर भबिश्यलाइ अबश्य भेट्टाउनेछौ। हामी सबैले यो प्रमाणित गर्नेछौ कि यो ठूलो द्वन्दमा मानबको नै जित भयो। हुन त विशाल देशहरुले पनि तालाबन्दी गरेर भाइरसलाइ नियन्त्रण गर्न सकेनन भने हाम्रो देशले कसरी नियन्त्रण गर्न सक्ला र।अझै दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।झन त्यसमाथि तालाबन्दिको कारण देशमा उत्तिकै बिपत्तिहरु बढ्दैछन। मान्छे आज पिडित छ एकातिर कोरोना भाइरसले अर्कोतिर भोकमरिले। तालाबन्दिले गर्दा धेरै मान्छेहरु भोकभोकै मर्नुपर्ने परिश्थिती बल्झिदै छ। ती गरिब ब्यक्तिहरु जसले दिनमा काम गरेर बेलुकाको गुजारा गर्थे बिचरा उनिहरुको लागि हाय तालाबन्दी बरु भाइरस लागेर मरेको भय आनन्द हुनेथियो भन्ने सोच आउँछ होला। ती मजदुर हरु जसको पेट पाल्ने कर्मथलो नै बन्द भयपछी कति दिन हिडेर आफ्नो घर पुग्नुपर्यो।
यतिबेला हामी सबै एकजुट भएर अगि बढ्नुपर्छ। आफ्नो वरिपरि बस्ने गरिब असाहायलाइ सहयोग गर्नुस। एक अर्काको साथ दिनुहोस। धन सम्पती थुपारेर हामी मर्दा सङ्गै लान सक्दैनौ तर अहिलेको परिवेशलाई नियाल्दा तपाइको सानो सहयोगले कसैको जीवन बाच्नेछ। यो हाम्रो लागि एउटा चुनौती पनि हो। मरुभुमिमा पानी खोज्ने यात्रीझै भएका छौ आज हामी। हो यो समय हामी सबैको लागि निकै नै कष्टकर बनेको छ। सायद जन्मेदेखी आजसम्म यस्तो उल्झनमा हामी कोहि फसेका थियनौ होला तर आज हामी लाचार छौ। हामी कोभिड(१९ को अगि हार खायर आत्मासमर्पण गर्न बाध्य भयौ। शिकारमा गएको शिकारिले दाउ खोजेजस्तो आज कोरोना भाइरस मानव शरिरको दाउमा पर्खी बसेको छ। मानबको खुनको प्यासी भएको छ। हाय मानव जीवन आज एउटा भाइरस सङ्ग डराएर लुक्दै बस्नु परेको छ। ब्रह्माण्डलाई आफ्नो अधिनतामा राखेर शासन गर्ने मानिस आज एउटा भाइरसको कारण जिउदै मरेतुल्य भएको छ।।।।