बैशाख ५ दुनै : डोल्पाको माथिल्लो भोट क्षेत्रमा भोटेभाषाबाटै कोरोना बारे जानकारी गराउन थालिएको छ । नेपाली भाषा बुझने थोरे मानिसहरु भएकोले सबैलाइ बुझाउन भोटे भाषाबाट कोरोना भाईरबाट बच्ने बारे जानकारी गराउन थालिएको हो ।
शे–फोक्सुण्डो गाँउपालिकाका शिक्षक पेमादोर्जे लामाको नेतृत्वमा स्थानीय सरकारका सदस्यहरु गाँउगाउमा पुगेर कोरोना भाईरस र त्यसबाट बच्ने उपाय बारे स्थानीय भाषामा नागरिकलाइ सचेत गराइ रहको वडा अध्यक्ष पेमावाङछेन गूरुङले जानकारी दिए ।
हेलीकप्टरबाट औषधि र सामाग्री ढुवानी गरेर गाँउमा पुर्याएको शे–फोक्सुण्डो गाँउपालिकाले यतिबेला घरघरमा पुगेर नागरिकलाइ कोरोना भाइरसबारे सचेत गराइ रहेको गाँउपालिका अध्यक्ष टासिटुण्डुप गूरुङले जानकारी दिए ।
टासिटुण्डुपले भने गाँउपालिकामा रहेका बिद्यालयमा क्वारेन्टिन निर्माण गरिएका छन । क्वारेन्टिन,कोरोना भाईरस र बच्ने उपायबारे स्वास्थ्यकर्मि,शिक्षक,गाँउपालिका तथा वडा सदस्यहरुले गाँउगाँउमा पुगेर सुसुचित गराइ रहेको बताए ।
गाँउपालिकामा एक बस्तिबाट अर्को बस्ति सम्म पुग्न एक दिन सम्म लाग्ने यस गाँउपालिकामा सबै बस्तिहरुमा यूवाहरुलाइ कोरोना भाईरस र त्यसबाट बच्ने उपाय बारे नागरिकलाइ सचेत गराउन लगाइएको छ ।
नेपाली भाषाको समस्याको कारण अधिकाँश मानिसले नेपाली बुझदैनन । डोल्पाको माथिल्लो भोट क्षेत्र चिनको तिब्बतसँग सिमा जोडिएको क्षेत्र भएको कारण उच्च जोखिममा मानिन्छ । तर यति बेला हिउले ढपक्कै पारेपछि प्राकृतिले नै लकडाउन गरेको छ ।
शे–फोक्सुण्डो गाँउपालिकामा रहेको बिद्यालयमा क्वारेन्टिन निर्माण गरिएको छ भने मानिसहरु एक बस्तिबाट अर्को बस्तिमा जाने काम समेत रोकिएको स्थानीय थुक्तेन बुढाले जानकारी दिए ।
बिद्यालयमा स्थानीय स्रोत र साधनबाट क्वारेन्टिन निर्माण गरिएको वडा अध्यक्ष पेमावाङछेन गूरुङले बताए । उनले भने क्वारेन्टिनमा बस्नेले कुनैपनि कुरामा दुखको अनुभुति गर्नेछैन ।
शे–फोक्सुण्डो गाँउपालिकामा दश जना भन्दा धेरै क्वारेन्टिनमा छन । क्वारेन्टिनमा बसेकाहरु लामाका मन्त्र पढेर बुद्ध भगवानलाइ सम्झि रहेका छन ।